काठमाडौं । राजधानी उपत्यकामा दोस्रो दिनदेखिको जेन–जेड आन्दोलन यति तीव्र बनेको छ कि सुरक्षाकर्मीहरू नै पछाडि हट्न बाध्य भएका छन् । काठमाडौं उपत्यकाभरिका प्रहरीले नियन्त्रण गुमाएको घोषणा गर्दै हात उठाएर आत्मसमर्पण गरेका छन्।
स्रोतका अनुसार प्रहरीहरूले थुनुवा र प्रदर्शनकारीलाई मुक्त गरेका छन् भने धेरैजसोले हतियारसमेत छोडेर सादा पोशाकमा बाहिरिएको देखिएको छ । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् । १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका स्राेतकाे भनाइ छ ।
यसअघि विभिन्न प्रहरी वृत्त र कार्यालयमा आन्दोलनकारीले दबाब बढाउँदै कब्जा जमाएका थिए। प्रहरी संगठनभित्रै असन्तोष बढ्दै गएको र बारम्बार भएको मानवीय क्षति रोक्न अनेक दबाब परेपछि यस्तो अवस्था आएको अनुमान गरिएको छ।
राजधानीका मुख्य सडक र संवेदनशील सरकारी संरचनामा अब आन्दोलनकारीको प्रभावशाली उपस्थिती रहेको छ। कतिपय स्थानमा प्रहरी आफैंले भिडबाट ज्यान जोगाउन सामान्य नागरिकको रूपमा सडक छाडेको देखिएको छ।
विश्लेषकहरूले यस घटनालाई "राज्य संरचनाको विघटनतर्फ उन्मुख संकेत" भन्दै गम्भीर चासो व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: