काठमाडौं । जेनजी पुस्ताको स्वस्फूर्त आह्वानमा सुरु भएको आन्दोलनले दोस्रो दिनमै देशव्यापी रूप लिएको छ । पहिलो दिन भएको कठोर दमन र १९ जनाको मृत्युपछि जनता सडकमा झन् आक्रोशित हुँदै राजनीतिक शक्तिहरूमाथि प्रत्यक्ष आक्रमण सुरु भएको छ ।
काठमाडौंसहित देशका मुख्य सहरहरूमा बिहानैदेखि तोडफोड, आगजनी र प्रदर्शन तीव्र बनेका छन् । कफ्र्युको आदेशलाई चुनौती दिँदै हजारौंको संख्यामा नागरिक सडकमा उत्रिएका छन् । प्रमुख राजनीतिक दलका कार्यालय, शीर्ष नेताहरूका निवास र मन्त्रीहरूको घर आन्दोलनकारीको मुख्य निशाना बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा समेत आक्रमण भइसकेको पुष्टि भएको छ ।
सुरक्षाकर्मीहरू अधिकांश स्थानमा पछि हटेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रण कमजोर बनेको छ भने प्रमुख सडकहरू आन्दोलनकारीकै कब्जामा पुगेका छन् । मानवीय क्षति बढ्ने डरले प्रहरी धेरै ठाउँमा प्रतिकार नगरी पछि हट्न थालेका छन् । नेपाली सेनाले भने अवस्था मूल्याङ्कनमा रहेको जनाएको छ ।
राजधानीमा मात्र नभई प्रदेश सहरहरूमा पनि उग्र प्रदर्शन भइरहेको छ । यो समाचार तयार पार्दासम्म बौद्धिक समुदाय र विभिन्न सामाजिक क्षेत्रबाट प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिएर निकास खोज्न चेतावनी दिइएको छ । साँझ ६ बजेका लागि बोलाइएको सर्वदलीय बैठक नै निर्णायक हुने अनुमान गरिएको छ, तर त्यतिबेला सम्म आन्दोलनले थप ठूला रूप लिने संकेत देखिँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: