Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन, उपचारकाे बाहनामा दुबई भाग्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलन उग्र बन्दै जाँदा सत्तारूढ दलभित्रै विभाजन चर्किएको छ । नेपाली कांग्रेसका मन्त्रीहरूले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्ना दल एमालेका मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार सोमबार नयाँ बानेश्वरलगायतका स्थानमा भएको गोलीकाण्डपछि वातावरण झनै तात्दा प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरुलाई भेटेर “साथ नछाड्न” आग्रह गरेका हुन् । उनले आन्दोलनलाई बाहिरी तत्वले हिंसात्मक बनाएको दाबी गर्दै छानबिनपछि दोषीमाथि कारबाही हुने आश्वासन पनि दिएका छन् ।

तर, आन्दोलन राजधानीसहित देशका विभिन्न भागमा फैलिँदै गएपछि प्रधानमन्त्रीले आफ्नै सुरक्षा चिन्ता बढेको अनुभव गरेको स्रोतले बताएको छ । संचारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको घरमा तोडफोड र शेरबहादुर देउवाको निवासतर्फ प्रदर्शनकारी बढ्दै गएको घटनापछि ओलीले आफू समेत असुरक्षित भएको महसुस गरेको बताइएको छ ।

यही सन्दर्भमा उनले स्वास्थ्य उपचारका लागि दुबई जाने तयारीसमेत गरेको चर्चा छ । स्रोतका अनुसार, परिस्थिति नियन्त्रणमा नआएमा ओली हिमालय एयरलाइन्समार्फत दुबई जाने विकल्पबारे छलफल गरिरहेका छन् ।

यसैबीच, सरकारले सोमबार साँझ आन्दोलन किन हिंसात्मक भयो भन्नेबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको समय दिइएको छ । तर, मंगलबार कर्फ्यू लगाउँदा पनि प्रदर्शन जारी रहेकाले छानबिन समिति प्रभावकारी नहुने र राजनीतिक नेतृत्व नै सुरक्षित रहन नसक्ने अवस्था आउन सक्नेप्रति प्रधानमन्त्री शंकित रहेको स्रोतले बताएको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending