Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जेन–जी आन्दोलनमा भएको सरकारी दमनप्रति ओखलढुंगा पत्रकार समाजको भर्त्सना

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगा पत्रकार समाजले सेप्टेम्बर ८ मा जेन–जी आन्दोलनका क्रममा भएको सरकारी दमनप्रति घोर भर्त्सना गरेको छ ।

समाजले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकमा बढ्दो भ्रष्टाचार अन्त्य, पारदर्शिता, डिजिटल अधिकार र उत्तरदायी शासनको मागसहित भएको प्रदर्शनमा निहत्था व्यक्तिमाथि गोली चलाइनु गम्भीर अपराध भएको टिप्पणी गरेको छ ।

उक्त घटनामा १९ युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै समाजले दिवंगत आत्माहरूको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा संवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यो घटनाले वर्तमान सरकारको औचित्यमाथि नै प्रश्न खडा गरेको छ । ओली सरकारको वास्तविकता उदांगो भएको छ ।”

विज्ञप्तिअनुसार समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसकर्मी उमेश कार्की घाइते भएका छन् । करिब साढे चार सय प्रदर्शनकारीसमेत गोली प्रहारबाट प्रभावित भएको समाजको दाबी छ ।

पत्रकारसमेत घाइते हुनुपरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै समाजले सबै घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । साथै, स्वतन्त्र प्रेसमाथि आक्रमणलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भएको ठहर गर्दै दोषीमाथि छानबिन र कानूनी कारबाही गर्न माग गरिएको छ ।

पत्रकारहरूको सुरक्षाबारे समाजले संचारगृहलाई न्यूनतम सुरक्षा सामग्री जस्तै ज्याकेट, हेल्मेट र परिचयपत्र उपलब्ध गराएर मात्र फिल्डमा पठाउन आग्रह गरेको छ । प्रहरी प्रशासनको कमजोरी र सरकारको गैरजिम्मेवारपनाका कारण घटना भएको निष्कर्ष निकाल्दै समाजले भविष्यमा यस्ता अवस्था नआओस् भन्ने अपेक्षा व्यक्त गरेको छ ।

May be an image of text

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending