काठमाडौं । जेन–जी आन्दोलनमा सोमबार १९ जनाको मृत्यु भएपछि सरकारमाथि चर्को दबाब बढेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका मन्त्रीहरू पदबाट सामूहिक राजीनामा दिने तयारीमा जुटेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कांग्रेसका मन्त्रीबीच संयुक्त रूपमा सरकार छोड्ने वा नछोड्ने भन्नेबारे आन्तरिक छलफल भइरहेको बताए।
कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा सहभागी छन् । परराष्ट्र मन्त्री आरजु राणा देउवा, खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, ऊर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, कृषि मन्त्री रामनाथ अधिकारी, पर्यटन मन्त्री बद्री पाण्डे र स्वास्थ्य मन्त्री पौडेल स्वयं पनि अहिलेको छलफलमा संलग्न छन्।
१९ जनाको ज्यान गएको घटनापछि गृहमन्त्री रमेश लेखकले हिजो नै पदबाट राजीनामा दिएका थिए । अब कांग्रेसका अन्य मन्त्रीहरूले पनि सरकार छोड्ने निर्णय गरे सरकारको अस्तित्व थप संकटमा पर्न सक्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: