काठमाडौं/विराटनगर । जेन–जी आन्दोलनले सोमबार सुरक्षा निकायको दमनको विरोधमा विराटनगरमा दिउँसो ११ बजेदेखि यातायात बन्द गर्ने आह्वान गरेको छ। आन्दोलनरत युवाहरूले “विहान ११ बजेसम्म आफ्नो काम सक्नु त्यसपछि यातायात बन्द हुन्छ” भन्दै सर्वसाधारणलाई आह्वान गरेका हुन्।
मोरङको अवस्था हाल सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ। तर, सुनसरीको इटहरीमा भने कर्फ्यु आदेश यथावत छ। सोमबार प्रहरीले चलाएको गोली लागेर दुई जनाको ज्यान गएपछि इटहरीमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो।
यसैबीच, काठमाडौंमा भने जेन–जी युवाहरूले जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै बिहानैदेखि संसद भवन अगाडि प्रदर्शन गरेका छन्। आक्रोशित युवाहरू नाराबाजीसहित संसद भवन अगाडि भेला भएका हुन्।
आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले संसद भवन वरपर तारबार तानेर कडा सुरक्षा व्यवस्था मिलाएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा खटिएका छन्। हिजो संसद भवन परिसरभित्रै प्रवेश गरेर तोडफोड भएपछि आज सैनिकहरू समेत हतियारसहित भित्रै बसालिएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ८:३० बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र सभा, जुलुस, भेला र प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको थियो। तर, आन्दोलनकारीहरूले आदेश उल्लंघन गर्दै संसद भवन अगाडि विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: