काठमाडौं । काठमाडौंसहित देशभर भएका शान्तिपूर्ण प्रदर्शनमा जेन–जी पुस्तामाथि भएको दमन र ज्यान गुमाएका युवाप्रति विभिन्न व्यक्तित्व तथा नागरिक समाजका प्रतिनिधिहरूले गहिरो आक्रोश प्रकट गरेका छन्। उनीहरूले यस घटनालाई “मानवता विरुद्धको जघन्य अपराध” भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, “यो केवल एक व्यक्तिको हत्या होइन, सम्पूर्ण मानवताको विरुद्धमा गरिएको जघन्य अपराध, न्यायिक राज्यको मर्ममा प्रहार र हाम्रो सामूहिक मानवीय विवेकको हत्या हो।”
सामाजिक सभ्यताको आवरणलाई एकैपटक चीरिदिएको भन्दै उनीहरूले यस्तो घटनाको तत्काल छानबिन गरी दोषीलाई न्यायको कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन्। “न्यायमा ढिलाइले अपराधीलाई प्रोत्साहन मात्र दिनेछ,” विज्ञप्तिमा उल्लेख छ।
शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूले संयमित रहन अपिल गरेका छन्। साथै, न्यायको प्रकाशले पीडामा केही भए पनि मल्हम लगाउने विश्वास व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी सबैको सामूहिक जिम्मेवारी छ कि यस्तो हिंसाको चक्र यहीँ अन्त्य होस्। नेपाली समाजले आन्तरिक शान्ति र सुरक्षाको माग गर्दछ र हामी यसको लागि एकजुट भईरहनेछौं।”
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य र सहनशीलताको शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: