काठमाडौं । जेन–जी पुस्तामाथि भएको दमनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा आलोचना गरेका छन्।
सोमबार देशभर भएको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको ज्यान गएपछि मेयर साहले मध्यराति आफ्नो फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीलाई नै ‘आतङ्कवादी’को संज्ञा दिएका हुन्।
साहले स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्।”
उनले स्टाटसमा ह्यासट्याग पनि प्रयोग गर्दै आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र आन्दोलनकारीप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।
मेयर साहले आइतबारदेखि नै सामाजिक सञ्जालमार्फत ‘जेन–जी आन्दोलन’लाई समर्थन गर्ने घोषणा गरेका थिए। सोमबारको घटनापछि उनले सरकारले प्रदर्शनमाथि गरेको गोलीप्रयोगलाई ‘अत्यन्तै क्रूर’ र ‘मानवता विरोधी’ भन्दै प्रधानमन्त्री ओलीको प्रत्यक्ष जिम्मेवारी तोकेका छन्।
राजधानीसहित देशभर व्यापक रूपमा भइरहेको विरोध प्रदर्शनमा स्थानीय सरकार प्रमुखको हैसियतमा मेयर साहले खुलेर सरकारविरुद्ध बोलेको यो पहिलोपटक हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: