काठमाडौं । ‘जेनजी आन्दोलन’का क्रममा सरकारले शान्तिपूर्ण प्रदर्शनमा गरेको गोली प्रहार र दमनप्रति संयुक्त किसान संघर्ष समिति, नेपालले घोर आपत्ति प्रकट गरेको छ। समितिले विज्ञप्ति जारी गर्दै हालसम्म १९ युवाको मृत्यु र सयौं घाइते हुनु सरकारको ‘फासिवादी र अमानवीय’ चरित्रको चरम अभिव्यक्ति भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल जनता र प्रवासी नेपालीका लागि जीवनको अनिवार्य हिस्सा बनेको बेला सरकारले एक्कासी चाडपर्व सुरु हुने बेलामा सञ्जाल बन्द गराउनु लोकतन्त्र, जनहित र अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूल छ।
“कूटनीतिक पहलमार्फत समाधान खोज्न सकिँदैन र? किन जनता विरुद्ध प्रतिबन्ध?” “शान्तिपूर्ण आन्दोलन दमन, ओली सरकार फासिवादी” समितिले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारलाई सरकार आफैंले कुल्चिएको आरोप लगाएको छ।
“१९ जनाको हत्या, सयौं युवालाई घाइते बनाउने ओली सरकारको क्रुरता लोकतन्त्र विरोधी मात्र होइन, प्रतिगामी प्रवृत्तिको घृणित उदाहरण हो,” विज्ञप्तिमा भनिएको छ।
प्रमुख मागहरू
१. घाइतेहरूको तत्काल सरकारी खर्चमा उपचारको व्यवस्था।
२. बन्द गरिएको सामाजिक सञ्जाल तुरुन्त सञ्चालनमा ल्याउने।
३. संवाद र कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्ने।
४. प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्दै तत्काल राजीनामा दिनुपर्ने।
समितिले चेतावनी दिँदै भनेको छ – “यदि ओलीले पद नछाडे यो भ्रष्ट र दलालहरूले थोपरेको सरकारलाई संघर्षको मैदानबाट उखेलेर फ्याँक्नुपर्छ।”
संयुक्त किसान संघर्ष समितिले देशभरका युवा, विद्यार्थी, किसान, मजदुर, दलित, सुकुम्बासी र प्रगतिशील बुद्धिजीवीहरूलाई एकजुट भएर सरकारको मानवताविरोधी कदमविरुद्ध आन्दोलनलाई तीव्र बनाउन आह्वान गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: