दाङ । रूपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन्। पार्टीको चौतर्फी आलोचना बढिरहेको समयमा उनले खुलेर पार्टीसँगको सम्बन्ध विच्छेद गर्दै सामाजिक सञ्जालमार्फत घोषणा गरे।
"मेरा बहिनीभाइको रगत सस्तो होइन" भन्दै सुरजले फेसबुकमा लेखेका छन् : “आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु। निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।”
स्टाटससँगै उनले आफ्नो पार्टी सदस्यता कार्डको फोटो समेत सार्वजनिक गरेका छन् ।
२०६६ साल चैत १८ गतेदेखि पार्टी सदस्य बनेका उनी हालसम्म युवा संघमार्फत सक्रिय रूपमा संलग्न थिए।
जेन–जी आन्दोलनमाथिको गोली प्रहारपछि सुरजजस्ता युवामा आक्रोश खुलेर बाहिर आएका छन् । “झन गर्वका साथ भन्छु— अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन,” उनले थप लेखेका छन् । यसअघि उनी युवा संघ लुम्बिनीका अध्यक्षसमेत रहेका थिए। तर पार्टीभित्रै असहमति बढेपछि उनलाई ‘अनुशासनहीन’ भन्दै पदबाट निलम्बन गरिएको थियो।
बाबु एमालेमा, छोरा सडकको स्वरमा
सुरजका पिता ध्रुव प्रसाद खरेल भने एमालेबाट निर्वाचित मेयर हुन्। छोरा–बुवाबीचको यो ‘राजनीतिक अन्तर’ अहिले सामाजिक सञ्जालमा चर्को बहसको विषय बनेको छ। कतिपयले यसलाई “पुस्तागत विद्रोह” भनेका छन्।
अहिले एमालेभित्रकै युवा पुस्ताले प्रश्न गर्न थालेपछि ‘आन्तरिक असन्तोष’ अझ बढ्ने संकेत देखिएकाे छ। सुरजको विद्रोह व्यक्तिगत मात्र नभई ‘नयाँ पुस्ताको सामूहिक पीडा र आक्रोशको प्रतिनिधि’ पनि हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: