Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

जेन–जी मेरो आत्मीय साथी, म जेन–जीको लागि जे पनि गर्न तयार छुः महावीर पुन

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जेन–जी आन्दोलनमा भएको दुखद घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै आफू सदैव उनीहरूको साथमा रहने स्पष्ट सन्देश दिएका छन्।

पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “म महावीर पुन जेन–जी भाइबहिनीहरूको पक्का साथी र सहयोगी हुँ। मैले अहिले सम्म काम गर्ने भनेकै १६ वर्षदेखि माथिका र ३० वर्षभन्दा कम उमेरका भाइबहिनीहरूसँग नै हो। राष्ट्रिय आविष्कार केन्द्र पनि जेन–जीहरुकै लागि सञ्चालन गरेको हो।”

“मेरा सबै काम जेन–जीकै लागि”

उनले आफ्ना अघिल्ला पहलहरूको उल्लेख गर्दै भनेका छन्, “मेरो आत्मकथाको किताब पनि जेन–जीका भाइबहिनीहरूलाई प्रोत्साहन दिनकै लागि लेखेको हो। आजको अत्यन्त दुखद घटनाले म धेरै दुःखित छु।”

पुनले जेन–जीको आन्दोलनलाई नयाँ नेपाल निर्माणको आशासँग जोड्दै भनेका छन् “म जेन–जीको लागि जे पनि गर्न तयार छु।”

महावीर पुनजस्ता सामाजिक अभियन्ताले खुलेर दिएको समर्थनले जेन–जी आन्दोलनलाई थप नैतिक ऊर्जा मिल्नेछ, र सत्तासीन शक्तिलाई ‘नयाँ पुस्ताको आक्रोश’ बेवास्ता गर्न कठिन हुने छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: