Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

लेखकको राजीनामा: नैतिक जिम्मेवारीको नाटक कि सुरुवात ?

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनले सडक तताएको दिनमै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । राजधानीसहित मुलुकका विभिन्न स्थानमा भएको प्रदर्शनमा २८ जनाको ज्यान गएर सयौँ घाइते भएपछि चौतर्फी आलोचनाले घेरिएका मन्त्री लेखकले अन्ततः “नैतिक जिम्मेवारी” स्वीकार्दै पदत्याग गरेका हुन्।

के केवल गृहमन्त्रीको राजीनामाले सडकमा बगेको रगत पखाल्न सकिन्छ ? याे प्रश्न सबैकाे मनमस्तिष्कमा रहेकेा छ । 

जनआक्रोशको बीचमा राजीनामा

सोमबार दिउँसो सभापति शेरबहादुर देउवा निवासमा बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमै लेखकले आफू पदमा बस्न नसक्ने संकेत गरेका थिए। साँझ मन्त्रिपरिषद् बैठकमा गएर उनले औपचारिक घोषणा गरे— “आजको प्रदर्शनमा ठूलो जनधनको क्षति भयो। यस घटनाको नैतिक जिम्मेवारी म लिन्छु, अब पदमा बस्दिनँ।”

उनको यस भनाइलाई धेरैले साहसी कदम भने, तर सडकमा रगत बगाइरहेका युवाहरूको दृष्टिमा यो ‘ढिलो प्रतिक्रिया’ मात्रै ठानिएको छ। सरकारी तथ्याङ्कअनुसार सोमबार मात्र १९ जनाको ज्यान गयो, करिब ३५० जना घाइते भए। चिकित्सकहरूको भनाइमा वास्तविक संख्या अझै बढी हुन सक्छ।

सडकमा देखिएको दृश्य भयावह थियो, हातमा किताब बोकेका विद्यार्थीहरू रगताम्य भए।पत्रकारहरू समेत सुरक्षित रहेनन्।

आमाबाबुले अस्पतालको ढोकामा छोराछोरीको नाम खोज्दै चिच्याइरहेका दृश्यले मुलुक स्तब्ध बनायो। यही कारण लेखकमाथि मात्रै होइन, पूरै सरकारमाथि ‘निर्ममता र निरंकुशताको आरोप’ वर्षिएकाे छ ।

नैतिक जिम्मेवारीको नाटक कि सुरुवात ?

लेखकको राजीनामालाई केहीले ‘संकट न्यूनीकरण’ को संकेत माने पनि आलोचकहरूको भनाइ छ । “यो केवल सत्ताले आक्रोश न्यून पार्ने सस्तो नाटक हो। गोलीको आदेश दिने, संरचना सञ्चालन गर्ने प्रणालीमा कसैको हात छैन ?”

युवाहरूको आक्रोश ‘व्यक्तिगत’ होइन, प्रणालीगत छ । उनीहरूको प्रश्न स्पष्ट छः भ्रष्टाचार, दमन र अन्यायलाई कायम राख्ने संरचना ढाल्ने कि फेरि ‘एकजना बलिदानी’ खोजेर सरकार सुरक्षित बस्ने ?

राजनीतिक विश्लेषकहरू भन्छन्— यदि सरकारले यही बाटो निरन्तरता दियो भने आन्दोलन अझै चर्किनेछ । यदि वास्तवमै सुधारको संकेत देखाउन खोज्छ भने ‘राजीनामा’लाई पहिलो कदम बनाएर पूर्ण राजनीतिक जवाफदेही स्वीकार गर्नुपर्नेछ।

राप्रपा, कांग्रेसभित्रका नेतादेखि नागरिक समाजसम्मले “अब सरकारको औचित्य समाप्त” भएको भनिरहेका छन्।

आन्दोलनले उठाएको प्रश्न

जेन–जी पुस्ताको आन्दोलन केवल ‘एकदुई दिनको सडक क्रोध’ होइन। यो पुस्ताले उठाएको माग—सुशासन, पारदर्शिता, सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध स्वतन्त्रता,र भविष्य सुरक्षित गर्ने व्यवस्था रहेका छन् ।

यी प्रश्नलाई केवल ‘बल प्रयोग’ वा ‘एकजना मन्त्रीको राजीनामा’ले टार्न सकिन्न। लेखक गए, तर आन्दोलन अझै सडकमा छ । सरकार बाँकी छ  तर के यो सरकार अब पनि रहन सक्छ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending