Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

लेखकको राजीनामा: नैतिक जिम्मेवारीको नाटक कि सुरुवात ?

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनले सडक तताएको दिनमै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । राजधानीसहित मुलुकका विभिन्न स्थानमा भएको प्रदर्शनमा २८ जनाको ज्यान गएर सयौँ घाइते भएपछि चौतर्फी आलोचनाले घेरिएका मन्त्री लेखकले अन्ततः “नैतिक जिम्मेवारी” स्वीकार्दै पदत्याग गरेका हुन्।

के केवल गृहमन्त्रीको राजीनामाले सडकमा बगेको रगत पखाल्न सकिन्छ ? याे प्रश्न सबैकाे मनमस्तिष्कमा रहेकेा छ । 

जनआक्रोशको बीचमा राजीनामा

सोमबार दिउँसो सभापति शेरबहादुर देउवा निवासमा बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमै लेखकले आफू पदमा बस्न नसक्ने संकेत गरेका थिए। साँझ मन्त्रिपरिषद् बैठकमा गएर उनले औपचारिक घोषणा गरे— “आजको प्रदर्शनमा ठूलो जनधनको क्षति भयो। यस घटनाको नैतिक जिम्मेवारी म लिन्छु, अब पदमा बस्दिनँ।”

उनको यस भनाइलाई धेरैले साहसी कदम भने, तर सडकमा रगत बगाइरहेका युवाहरूको दृष्टिमा यो ‘ढिलो प्रतिक्रिया’ मात्रै ठानिएको छ। सरकारी तथ्याङ्कअनुसार सोमबार मात्र १९ जनाको ज्यान गयो, करिब ३५० जना घाइते भए। चिकित्सकहरूको भनाइमा वास्तविक संख्या अझै बढी हुन सक्छ।

सडकमा देखिएको दृश्य भयावह थियो, हातमा किताब बोकेका विद्यार्थीहरू रगताम्य भए।पत्रकारहरू समेत सुरक्षित रहेनन्।

आमाबाबुले अस्पतालको ढोकामा छोराछोरीको नाम खोज्दै चिच्याइरहेका दृश्यले मुलुक स्तब्ध बनायो। यही कारण लेखकमाथि मात्रै होइन, पूरै सरकारमाथि ‘निर्ममता र निरंकुशताको आरोप’ वर्षिएकाे छ ।

नैतिक जिम्मेवारीको नाटक कि सुरुवात ?

लेखकको राजीनामालाई केहीले ‘संकट न्यूनीकरण’ को संकेत माने पनि आलोचकहरूको भनाइ छ । “यो केवल सत्ताले आक्रोश न्यून पार्ने सस्तो नाटक हो। गोलीको आदेश दिने, संरचना सञ्चालन गर्ने प्रणालीमा कसैको हात छैन ?”

युवाहरूको आक्रोश ‘व्यक्तिगत’ होइन, प्रणालीगत छ । उनीहरूको प्रश्न स्पष्ट छः भ्रष्टाचार, दमन र अन्यायलाई कायम राख्ने संरचना ढाल्ने कि फेरि ‘एकजना बलिदानी’ खोजेर सरकार सुरक्षित बस्ने ?

राजनीतिक विश्लेषकहरू भन्छन्— यदि सरकारले यही बाटो निरन्तरता दियो भने आन्दोलन अझै चर्किनेछ । यदि वास्तवमै सुधारको संकेत देखाउन खोज्छ भने ‘राजीनामा’लाई पहिलो कदम बनाएर पूर्ण राजनीतिक जवाफदेही स्वीकार गर्नुपर्नेछ।

राप्रपा, कांग्रेसभित्रका नेतादेखि नागरिक समाजसम्मले “अब सरकारको औचित्य समाप्त” भएको भनिरहेका छन्।

आन्दोलनले उठाएको प्रश्न

जेन–जी पुस्ताको आन्दोलन केवल ‘एकदुई दिनको सडक क्रोध’ होइन। यो पुस्ताले उठाएको माग—सुशासन, पारदर्शिता, सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध स्वतन्त्रता,र भविष्य सुरक्षित गर्ने व्यवस्था रहेका छन् ।

यी प्रश्नलाई केवल ‘बल प्रयोग’ वा ‘एकजना मन्त्रीको राजीनामा’ले टार्न सकिन्न। लेखक गए, तर आन्दोलन अझै सडकमा छ । सरकार बाँकी छ  तर के यो सरकार अब पनि रहन सक्छ ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending