Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जनताकाे आवाज नबुझ्ने निरंकुश र क्रुर सरकारले देखाएको अनुहार अब ढाक्न सकिँदैनः डा. शेखर

“यो सरकारको औचित्य सकियो”

खबरडबली संवाददाता

विराटनगर ।  जेन–जी आन्दोलनमाथि भएको गोलीकाण्डपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिलोपटक कठोर प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले “आजदेखि यो सरकारको औचित्य समाप्त भएको छ” भनेर घोषणा गरेका छन् ।

डा. कोइरालाले लोकतन्त्रको नाममा सामाजिक सञ्जाल बन्द गर्ने र आफ्ना कुकृत्य लुकाउने सरकारलाई अधिनायकवादी संज्ञा दिँदै उनले जेन–जी पुस्ताले उठाएका मागलाई “न्यायोचित र समयसापेक्ष” भन्दै समर्थन जनाएका छन् ।

“देशमा भ्रष्टाचार उन्मूलन हुनु जरुरी छ। लोकतन्त्र भनेको जनताको आवाज सुन्ने अभ्यास हो, तर अहिले सरकारले त्यसको ठाडो उल्लङ्घन गर्‍यो,” उनको भनाइ थियो।

डा. कोइरालाको वक्तव्यमा कलिला विद्यार्थी र युवामाथि भएको गोली प्रहारलाई विशेष जोड दिएका छन् । उनले भने “देशकै उज्यालो भविष्य बोकेका युवाहरूमाथि किताब–कापी बोकेकै बेलामा गोली चलाउनु, सभ्य समाजको कल्पनाभन्दा बाहिरको क्रुरता हो।”

उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। तर, यससँगै उनले सरकारप्रति कडा प्रश्न पनि तेर्स्याएका छन् । “जनताप्रति अनुत्तरदायी, आवाज नबुझ्ने निरंकुश क्रुर सरकारले देखाएको अनुहार अब ढाक्न सकिँदैन” उनले भनेका छन् ।

राजनीतिक वृत्तमा डा. कोइरालाको यो वक्तव्यलाई “कांग्रेसभित्रबाट आएको सबभन्दा स्पष्ट र तीक्ष्ण प्रतिक्रिया”का रूपमा हेरिएको छ । यद्यपि कांग्रेस अझै औपचारिक रुपमा बाेलेकाे छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending