काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन–जी पुस्ताको आन्दोलनले देशैभर हलचल मच्चाइरहेको छ । राजधानीदेखि पूर्वमेची र सुदुरपश्चिमकाे महाकाली फैलिएको प्रदर्शनमा मृत्यु र घाइते बढ्दै गर्दा माओवादी, स्वतन्त्र समूह र नागरिक समाजका नेताहरूले प्रत्यक्ष प्रतिक्रिया दिएका छन् । तर सत्ताकाे स्वाद लिइरहेका दुई ठूला दल — एमाले र कांग्रेस — भने आश्चर्यजनक रूपमा मौन रहेका छन्।
किन मौनता ?
राजनीतिक विश्लेषकहरूको भनाइमा, याे मौनताको कारण तीन तहमा बुझ्न सकिन्छः
सत्ता समीकरण र जोखिमको डरः कांग्रेस अहिले सरकारको नेतृत्वमा छ भने एमाले विपक्षमा भए पनि शक्ति समीकरणको भाग हो। आन्दोलनमा खुलेर समर्थन गर्दा दमनको जिम्मेवारी स्वीकार गर्नुपर्ने वा सुरक्षा निकायसँग टकरावमा पुग्ने सम्भावनाले दुवै दल सतर्क छन्।
युवा पुस्तासँगको दूरीः जेन–जी आन्दोलन डिजिटल पुस्ताको अभिव्यक्ति हो। परम्परागत दलका नेताहरू अझै पनि सडकसभा र संगठनात्मक ढाँचामै सीमित छन्। सामाजिक सञ्जालमा जन्मिएको यो विद्रोहलाई बुझ्न उनीहरू असफल छन्। यसैले उनीहरू “पर्ख र हेर” रणनीतिमा छन्।
राजनीतिक गणितः एमाले र कांग्रेस दुबैलाई लाग्छ — आन्दोलन लामो समय टिक्दैन र अन्ततः माओवादी वा स्वतन्त्र अभियानकर्ताले मात्र क्रेडिट लिन्छन्। त्यसैले उनीहरूले “न त समर्थन, न त विरोध” भन्ने बाटो रोजेका छन्।
२८ जनाभन्दा बढीको ज्यान गएकाे समाचार आइरहेका छन्यो भने सयौँ घाइते भएका छन् । यस्तो वेला प्रमुख दलहरूले चुप लाग्नु केवल कायरता होइन, युवालाई उपेक्षा गरीएकाे मानव अधिकारकर्मीहरु बताउँछन् ।
आन्दोलनमा सहभागी एक युवतीले भनिन्,“हामीलाई भोटको बेला मात्रै सम्झिन्छन्। अहिले हामी सडकमा छौँ, रगत बगिरहेको छ, तर कांग्रेस र एमालेका नेताले मुख खोल्न सकेका छैनन्।”
जनतालाई भेडाबाख्रा जस्तै सम्झने र जनताकाे रगतमा हाेली खेल्न पल्केकाहरु सडकमा दर्जनाैंकाे ज्यान जाँदा पनि माैन रहनु कुनै आश्चर्य नभएकाे आन्दाेलनमा सहभागि अर्का एक युवाले बताए ।
जेन–जी आन्दोलन मुलुकको नयाँ राजनीतिक चेतना बनेको छ। तर पुराना दलहरूले यसलाई बेवास्ता गर्न खोजे वा मौन रणनीतिले ढाकछोप गर्न खोजे, त्यसले उनीहरूको भविष्यलाई झन् संकटतर्फ धकेल्ने विश्लेषकहरूको ठहर छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: