Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

बानेश्वरमा फेरि चल्यो गोली, मृत्यु हुनेको संख्या २८ पुग्यो

खबरडबली संवाददाता

काठमाडौं ।  जेन–जी आन्दोलन राजधानीसहित देशका विभिन्न स्थानमा फैलिँदै जाँदा अवस्था झनै गम्भीर बनेको छ। आइतबार दिनभर तनावरहित देखिएको नयाँ बानेश्वर साँझ पुनः रणभूमि बन्यो। सेनाले अपरान्ह क्षेत्र नियन्त्रणमा लिएपछि तितरबितर भएका प्रदर्शनकारी युवाहरू बेलुकी फेरि भेला भएर नाराबाजी गर्न थालेका थिए। तर, केही बेरमै प्रहरीले तीन राउण्ड गोली चलायो।

थप मृत्यु र घाइते

ताजा घटनामा गोली लागेर थप दुई जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई एभरेष्ट हस्पिटल लगिएको बुझिएको छ। दिनभरको भिडन्तमा मृत्यु हुनेको संख्या अनौपचारिक रूपमा २८ पुगेको दाबी गरिएको छ, तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार मात्र आजै ३४७ जना घाइते भएका छन्। तीमध्ये डेढ दर्जनको अवस्था गम्भीर रहेको र केहीलाई आकस्मिक कक्षमै उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

सरकारी तथ्यांक र विवाद

गृह मन्त्रालयले दिएको आधिकारिक तथ्यांकमा भने मृत्यु हुनेको संख्या १९ मात्रै रहेको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १७ जना र सुनसरीको इटहरीमा २ जनाको मृत्यु भएको हो।

तर, प्रदर्शनकारी पक्षले मृतकको संख्या सरकार लुकाउन खोजेको आरोप लगाउँदै २८ भन्दा बढीको मृत्यु भइसकेको दाबी गरेका छन्। राजधानीका विभिन्न अस्पतालहरूमा भिड बढ्दै गएको र ‘शव घरमा चाप परेको’ प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आन्दोलन र राज्यको प्रतिक्रिया

सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध उठेको जेन–जी आन्दोलन शान्तिपूर्ण नाराबाजीबाट सुरु भए पनि दिनभरको दमनपछि हिंसात्मक मोड लिएको छ।

प्रत्यक्षदर्शीहरुले प्रहरीलाई अश्रुग्याँस, लाठीचार्ज र अन्ततः गोली चलाएको देखेका छन्। सेनाको उपस्थितिले आन्दोलनकारीलाई झनै उत्तेजित बनाएको बताइन्छ । एक विद्यार्थी नेताले भने, “सरकारले आफ्नै नागरिकलाई शत्रु ठानेर गोली चलायो। यो लोकतन्त्र होइन, यो त राज्य आतंक हो।”

अस्पतालभित्रको अवस्था

ट्रमा सेन्टर, सिभिल, वीर अस्पतालदेखि निजी अस्पतालसम्म घाइतेले भरिएका छन्। चिकित्सकहरू लगातार ओभरटाइममा छन् । ट्रमा सेन्टरका एक चिकित्सकले भने, “हामीसँग बेड र ब्लड बैंक दुवै कम पर्छ भन्ने अवस्था छ। अझ घाइते आए नियन्त्रण गाह्रो हुन्छ।”

राजनीतिक प्रतिक्रियाहरू

विपक्षी दलहरू, नागरिक समाज र मानव अधिकारकर्मीहरूले घटनाको कडा निन्दा गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले यसअघि नै ‘निसस्त्र युवामाथि गोली चलाउनु लोकतन्त्रको अपमान’ भएको बताएका थिए। एमाले नेतृ अष्टलक्ष्मी शाक्यले समेत “सत्ता टिकाउन युवाको रगत बगाउनु अमानवीय” भनेर टिप्पणी गरिन्।

तर, सरकार भने आन्दोलनलाई “दुष्प्रचार र अराजकतावादी तत्वद्वारा प्रेरित” भन्दै बचाउ गर्दै आएको छ।

जेन–जी आन्दोलनले ल्याएको यो संकट केवल सडकको भिडन्त मात्र होइन; यो राज्य र नागरिकबीचको विश्वासको गहिरो खाडल हो। एकातिर युवा पुस्ता ‘अभिव्यक्ति स्वतन्त्रता र पारदर्शिता’को माग गर्दै सडकमा छ भने अर्कोतर्फ सरकार दमनकारी शक्तिको सहारा लिन पुगेको छ।

यदि सरकारले तत्काल संवाद र संवेदनशील पहल नगरे, यो आन्दोलन अझ व्यापक बन्दै राजनीतिक स्थायित्वलाई नै हल्लाउने जोखिम बढ्दै गएको देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

‘हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यास आरोहण हैन’

काठमाडौँ ।  सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...

आगो लगाउने शक्तिलाई चुनावबाटै परास्त गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...

महाधिवेशन सकिएपछि फिर्ता लिइएको हस्ताक्षरले वैधानिकता प्रभावित गर्दैन : गगन समूह

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...

निर्वाचनमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने : आयोग

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...

घ्याङलेख एसबिआई बैंक लुटपाट: सातैजना पक्राउ, करोडौं रुपैयाँ बरामद, घटना योजना अनुसार भएको खुलासा

सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...

ओलीकहाँ पुग्यो एमालेका प्रत्यक्ष उम्मेदवारको सूची

काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...

प्रचण्डले भरतपुर महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन

भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ

प्रधानमन्त्री–मन्त्रीको अभिव्यक्तिमाथि पुनको कडा आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending