Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

लाचार सरकार, निहत्था र निसश्त्र युवामाथि राज्यकै गोलीकाे वर्षा

निसश्त्र युवामाथि गोली चलाउनु लोकतन्त्रको अपमान होः प्रचण्ड

खबरडबली संवाददाता

ललितपुर । भ्रष्टाचारविरुद्धको आवाज र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन आइतबार राजधानी काठमाडाैंकाे नयाँ बानेश्वर क्षेत्र रगताम्य भयो । “शान्तिपूर्ण विरोध” भन्ने अभिव्यक्ति नारामा मात्र सीमित रह्यो, व्यवहारमा भने निहत्था युवामाथि राज्यकै गोली बर्सियो।

घटना क्रम

बिहानैदेखि माइतीघर र नयाँ बानेश्वर वरिपरि हजारौँ युवा जम्मा भएका थिए । हातमा प्लेकार्ड, मुखमा नारा— “सञ्चारको घेराबन्दी हटाऊ”, “भ्रष्टाचार अन्त्य गर”। उनीहरू सडकमा बसेर गीत गाउँदै, नृत्य गर्दै, आफ्ना माग राखिरहेका थिए। तर मध्यान्हतिर परिस्थिति बदलियो।

प्रहरी बल प्रयोग गर्दै अघि बढ्यो । सामान्य लाठीचार्जपछि भीड नियन्त्रणमा नआउने देखेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो। अनि केही बेरमै गोली चल्यो— जसले आन्दोलनलाई शोक र आक्रोशमा बदलिदियो।

प्रत्यक्षदर्शी रमेश थापा भन्छन्, “हामी नाराबाजी गर्दै थियौं। एक्कासि प्रहरीले गोली चलायो। यो हाम्रो आँखा अगाडि भएको राज्य आतंक थियो।”

घटनास्थलमै एकको प्राण गयो भने राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल,काठमाडाैं मेडीकल कलेज र सुनसरीको इटहरीमा राज्यले राज्यआतंककाे पराकाष्ठ देखीएकाे छ । 

पछिल्लाे समय सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भए सँगै हालसम्म १९ जनाको ज्यान गएपछि आन्दोलन थप आक्रोशित बनेको हो ।

अधिकांश घाइतेहरूलाई गोली र लाठीले गम्भीर चोट लागेको र केहीको अवस्था अझै पनि संकटपूर्ण रहेकाे ट्रमा सेन्टरका एक चिकित्सकले नाम नखुलाउने सर्तमा बताए ।

राजनीतिक प्रतिक्रिया

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै लेखे— “निसश्त्र युवामाथि गोली चलाउनु लोकतन्त्रको अपमान हो। सरकारलाई जेन–जीका माग सम्बोधन गर्न आग्रह गर्दछु।”

तर सत्तारूढ दलका नेताहरू मौन देखिन्छन् । केहीले निजीमा चिन्ता व्यक्त गरे पनि आधिकारिक रूपमा सरकारको बचाउमा मात्रै उत्रिएका छन् । यसले जनआक्रोश झनै बढाएको छ ।

सडकमा युवा पुस्ताको हुंकार

घटनापछि सामाजिक सञ्जाल पुनः तातेको छ। ट्वीटर (एक्स), फेसबुक र टिकटकमा “#JusticeForGenZ” ह्यासट्याग भाइरल छ । युवाहरू भन्छन्—“हामीलाई गोलीले डर देखाउन खोजिएको हो भने यो सरकार गलत छ । अब हाम्रो आन्दोलन अझै सशक्त हुन्छ।”

यो घटनाले के प्रष्ट पार्छ भने राज्य अझै पनि नागरिकको आवाजलाई ‘सुरक्षा खतराको विषय’ मान्छ। अभिव्यक्ति स्वतन्त्रता संविधानमै सुनिश्चित छ, तर व्यवहारमा निसश्त्र युवामाथि गोली हान्ने प्रवृत्ति देखिन्छ।

यो केवल एक आन्दोलन मात्र होइन, पुस्तान्तरणको सङ्घर्ष पनि हो। जेन–जी पुस्ता ‘डिजिटल नेपाल’ र ‘पारदर्शी शासन’को सपना बोकेर सडकमा उत्रिएको हो। तर त्यसको जवाफ गोलीले दिने सरकार जनताप्रति लाचार र दमनकारी दुवै भएको प्रमाण हो।

सडकमा परेको युवाको रगत केवल एउटा दुर्घटना होइन—यो राष्ट्रको लोकतान्त्रिक यात्रामाथि लागेको गहिरो दाग हो। यदि सरकार अझै समयमै चेतिएन भने, यो आन्दोलन केवल सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्ध सीमित रहने छैन; यसले सम्पूर्ण राजनीतिक व्यवस्थालाई चुनौती दिने जोखिम बोकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

‘हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यास आरोहण हैन’

काठमाडौँ ।  सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...

आगो लगाउने शक्तिलाई चुनावबाटै परास्त गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...

महाधिवेशन सकिएपछि फिर्ता लिइएको हस्ताक्षरले वैधानिकता प्रभावित गर्दैन : गगन समूह

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...

निर्वाचनमा सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा हुने : आयोग

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...

घ्याङलेख एसबिआई बैंक लुटपाट: सातैजना पक्राउ, करोडौं रुपैयाँ बरामद, घटना योजना अनुसार भएको खुलासा

सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...

ओलीकहाँ पुग्यो एमालेका प्रत्यक्ष उम्मेदवारको सूची

काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...

प्रचण्डले भरतपुर महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन

भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ

प्रधानमन्त्री–मन्त्रीको अभिव्यक्तिमाथि पुनको कडा आपत्ति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending