काठमाडौं । जेन–जी पुस्ताले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध उठाएको स्वर आइतबार राजधानीको सडकमा भिडन्तमा परिणत भयो। प्रहरीको गोली लागेर एक युवकले ज्यान गुमाएपछि देशभर आक्रोश र स्तब्धता फैलिएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उपत्यकाबाहिर पार्टी अभियानमा रहेका उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्— “प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
तर प्रश्न के छ भने, आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने मात्र पर्याप्त हो? प्रचण्डले सरकारलाई जेन–जीका माग सम्बोधन गर्न आग्रह गरेका छन्। तर विडम्बना के छ भने, वर्तमान सत्ता संरचनामा उनी स्वयं निर्णायक हिस्सेदार नेता हुन्।
प्रचण्डले आफू स्तब्ध भएको बताएका छन्। वास्तवमा, स्तब्धता अब मात्र होइन, गत चैत १५ को आन्दोलनताका पनि भएको थियो। तर त्यसपछि के बदलियो? युवाहरूले अझै पनि भ्रष्टाचारविरुद्ध र स्वतन्त्रताका लागि सडक रोज्नुपरेको सत्यले देखाउँछ—राजनीतिक नेतृत्वले स्तब्धता देखाए पनि प्रणालीगत सुधारमा गति दिन सकेको छैन।
अबको प्रश्न स्पष्ट छ— प्रहरीको गोली किन चल्यो? किन युवाहरूको आवाजलाई सुनुवाइ होइन, दमनले जवाफ दिइन्छ? र, नेताहरूको “स्तब्धता” शब्दले कति कालसम्म ढाकछोप गर्नेछ?
जेन–जीको आन्दोलन अहिले मात्र सडकमा देखिएको छ, तर यसको जराले राजनीतिक नेतृत्वलाई गहिरो चुनौती दिइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: