Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

जेनजी आन्दोलनमा मृतक ९: गणतन्त्रको चाेकमा रगतको दाग

माइतीघरदेखि ट्रमा सेन्टरसम्म रगत र राेदन

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उठेको जेनजी आन्दोलनले साेमबार अर्को कालो अध्याय लेखेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५ जना र काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यसैगरी सिभिल अस्पतालमा २ जना र एकजनाको घटनास्थलमै प्राण गुमाएका थिए । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जना प्रदर्शनकारीको मृत्यु भएपछि अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको हाे । 

हाल ट्रमा सेन्टरमा प्रहरी वृत जनसेवाबाट मुचुल्का उठाउने टोली पुगिसकेको छ । तर प्रश्न भने अझै पनि आकाशमै छ—अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई किन रक्तपातमा बदलियो?

जेनजी पुस्ताले सुरु गरेको विरोध प्रदर्शन मूलतः भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दबारे थियो। तर सरकारी रवैया, नियन्त्रणका प्रयास र सुरक्षाकर्मीको बलप्रयोगले आन्दोलन उग्र बन्न पुग्यो।

माइतीघरमा सुरु भएको जुलुस राजधानीका विभिन्न चोकहरूमा फैलियो, सुरक्षा निकायले बल प्रयोग गरेपछि भिड र सुरक्षाकर्मीबीच ठोक्किन पुग्यो।

मृतक ८ जना मात्र होइनन्, यो संख्या प्रतीक हो—राजनीतिक नेतृत्वले जनताको आवाज सुन्न असफल भएको प्रमाण। नेपालको लोकतन्त्रले विगतमा भीषण दमन, आन्दोलन र बलिदान देखेको छ । तर अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमै पुनः रगत बग्नु लोकतान्त्रिक मूल्यप्रति ठूलो व्यंग्य बनेको छ।

अब सरकार दुईतर्फी दबाबमा छ— आन्दोलनरत युवाको क्रोध, विपक्षी दल र नागरिक समाजको आलोचना । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सुरु भएको विवाद अब सडकमा रगत बगेको घटनामा बदलिएको छ।

९ जना युवाको मृत्यु केवल समाचार होइन, यो संकेत हो— जनताको स्वर दमन गरेर दबाउन खोज्दा आन्दोलन अझै तीव्र हुन्छ, रगतले पोषिएको आन्दोलन कहिल्यै दबिँदैन,सामाजिक सञ्जाल बन्द मात्र होइन, अब सरकारकै वैधता अब प्रश्नमा छ।
सरकारले अझै बुझेन भने, यो रगत यतिमै थामिँदैन। आज ट्रमा सेन्टरमा शव राखिएका छन्, तर सडकमा अझै क्रान्तिको आवाज गुन्जिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending