Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

समाजवादबारे दलका फरक व्याख्या : उपमहासचिव पुन

खबरडबली संवाददाता

बागलुङ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा समाजवादका बारेमा दलहरुले फरकफरक व्याख्या गरिरहेको बताएको छन् । 

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङले आइतबार आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालका सबै राजनीतिक दलले समाजवादलाई गन्तव्य भने पनि त्यसको वास्तविक रूप स्पष्ट हुन नसकेको टिप्पणी गरे। 

समाजवादका विभिन्न रुप भएजस्तै नेपालमा पनि दलहरूले फरक–फरक व्याख्या गरेको तर त्यसको ठोस स्वरूप देखिन नसकेको उपमहासचिव पुनको भनाइ छ । “नेपाली कांग्रेसले सुरुवातदेखि नै प्रजातान्त्रिक समाजवादलाई गन्तव्य मानेको छ भने कम्युनिष्ट दलहरूले वैज्ञानिक समाजवाद, नेपाली विशेषताको समाजवादलगायत विभिन्न नाममा व्याख्या गरेका छन् । नयाँ क्षेत्रीय दलहरूले समेत समाजवादलाई गन्तव्य भनेका छन्,” नेता पुनले भने, “तर सबैले समाजवाद भन्ने तर यसको आकारचाहिँ नदेखिने भएकाले यस विषयमा बौद्धिक बहस आवश्यक छ ।”

पूर्वअर्थमन्त्री समेत रहेका पुनले नेपालमा दलाल पुँजीवादी बिचौलियाले सरकार र अर्थतन्त्रलाई घेरेर बसेको आरोप लगाएको छन् । उनले खुला उदारवादी अर्थतन्त्रको असरमा दलाल पुँजीवादी प्रवृत्ति हावी भएको बताउँदै साना तथा मझौला उद्योगी व्यवसायीको संरक्षण र राष्ट्रिय पुँजीको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले भने,“२० वर्षदेखि उद्योगी व्यवसायीहरू टाट पल्टिएका छन्, तर पाँच वर्षमै केही व्यक्ति अरबपति कसरी भए रु प्रतिस्पर्धा बिना व्यापार गर्ने छुट दलाल बिचौलियाले राज्यसँग मिलेर लिएका कारण यस्तो अवस्था आएको हो ।”

उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकास गर्न साना तथा मझौला उद्योगी व्यवसायीलाई संरक्षण, राष्ट्रिय पुँजीपतिलाई प्रोत्साहन र प्रगतिशील कर नीति आवश्यक रहेको उल्लेख गरे। पुनले खुला प्रतिश्पर्धात्मक अर्थव्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म भएको बताउँदै अर्थतन्त्रमा दलाल, नोकरशाही पुँजिवादी प्रवृति हावी भएकोले सबै मिलेर यसलाई निस्तेज पार्न र राष्ट्रिय पुँजीपति र राष्ट्रिय पुँजीको विकास गर्न आवश्यक रहेको बताए।

वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज गर्ने कदमप्रति समेत नेता पुनले आपत्ति जनाए। उनले भण्डारीकै सहयोगमा ओली अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै उक्त निर्णय लज्जास्पद रहेको टिप्पणी गरेको थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE