काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले भोलि आयोजना गर्न लागेको प्रदर्शनलाई “स्वाभाविक आक्रोश” को उपज भनेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले फेसबुक र टिकटकजस्ता प्लेटफर्ममाथि गरिएको अवरोधलाई “जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण” भन्दै सरकारलाई चेतावनी दिएका छन्।
प्रचण्डले युवाहरूले सडकमा ओकल्र्ने असन्तोषलाई रोक्ने प्रयास सरकारले नगरोस् र यदी गरे त्यसकाे परिणाम नराम्राे आउन सक्ने चेतावनी दिएका छन् ।
भ्रष्टाचार र असमानताविरुद्ध माओवादी केन्द्रको आन्दोलन निरन्तर जारी रहेकाे बताउँदै सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले जनता र राज्यबीचको विश्वासको सम्बन्धलाई थप कमजोर बनाएको बताएका छन् ।
प्रचण्डको यो अभिव्यक्ति केवल जेनजीको आन्दोलनलाई समर्थन मात्र होइन, सरकारसँगको दूरी देखाउने राजनीतिक संकेत पनि हो। सत्तामा रहेर आलोचनाको सामना गर्ने अनुभव बोकेको प्रचण्ड अहिले आफूलाई फेरि “जनताको आवाज” को पक्षधरको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्।
जेनजी पुस्ताको विद्रोहलाई अंगिकार गरेर उनले आफ्नै आन्दोलनलाई निरन्तरताको छायामा देखाउने प्रयास गरेका छन्।
जेनजी पुस्ताको आन्दोलन केवल सामाजिक सञ्जाल बन्दविरुद्ध सीमित छैन। यसमा भ्रष्टाचारविरुद्धको दीर्घकालीन असन्तोष मिसिएको छ। युवापुस्ताले देखाएको सक्रियता पुराना दलका लागि चुनौती बन्दैछ। प्रचण्डजस्तो अनुभवी नेताले यसलाई समर्थन गर्नु भनेको – नयाँ पुस्तासँग दूरी घटाउने प्रयास र सरकारमाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने रणनीति हो।
जेनजीको आन्दोलनलाई “स्वाभाविक” भन्दै प्रचण्डले दिएको समर्थन राजनीतिक हिसाबले दुईधारे छ – एकातिर उनले युवापुस्ताको विद्रोहलाई वैधता दिएका छन्, अर्कोतिर, यो सन्देशले सत्तासँगको उनको सम्बन्धमा नयाँ तनाव पनि थप्न सक्ने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: