Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खुला

खबरडबली संवाददाता

ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन सकिएको छ। तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चलेको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनसहितका दस्तावेजहरू सर्वसम्मत पारित गरेको छ।

विद्याको सदस्यता  छलफलमै

महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण थियो। तर प्रतिवेदनमा यसबारे कुनै निर्णय भएन। यससँगै केन्द्रीय कमिटीले गरेको “विद्याको सदस्यता नवीकरण नहुने” निर्णय नै सदर भएको नेताहरू बताउँछन्। यद्यपि प्रतिवेदनमा यस विषयलाई प्रष्ट उल्लेख नगरिनु राजनीतिकरूपमा सन्तुलन खोज्ने प्रयासको संकेत मानिएको छ।

७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हट्यो

महाधिवेशनको निर्णय अनुसार, अध्यक्षमा उमेर हद (७० वर्ष) र दुई कार्यकालको सीमा हटाइएको छ। यससँगै केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा पनि अध्यक्ष बन्ने वैधानिक बाटो खुलेको छ। समूहगत छलफलमा अधिकांश नेताहरूले यो संशोधनलाई समर्थन गरेका थिए।

• सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी : “अहिले ओलीको विकल्प छैन।”
• कर्णाली अध्यक्ष गुलाबजंग शाह : “यो नेतृत्वलाई थप स्थापित गर्ने समय हो।”
• लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेल : “समाजवाद निर्माणका लागि नेतृत्व स्थिर हुनुपर्छ।”
• बागमती अध्यक्ष कैलाश ढुंगेल : “७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई समूहगत समर्थन।”

ओलीलाई निरन्तरता दिने तयारी

मधेस अध्यक्ष चन्द्रेश्वर मण्डलले “देशी–विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेका बेला नेतृत्व स्थापित गर्न ओलीलाई निरन्तरता दिनुपर्छ” भनेका छन्। कोशी अध्यक्ष घनश्याम खतिवडाले समेत उपाध्यक्ष पौडेलले पेश गरेको संशोधनलाई स्वागत गर्दै, संवैधानिक पद धारण गरेका व्यक्तिहरूले सक्रिय राजनीतिमा फर्किन नहुने सुझाव राखेका थिए।

यस महाधिवेशनपछि एमालेमा ओलीको निरन्तरता सुनिश्चित भएको छ। विद्यादेवी भण्डारीको सदस्यता प्रकरण खुल्लै छाडिए पनि, विधान संशोधनमार्फत नेतृत्वलाई स्थिरता दिने बाटो खोलिएको छ। अब आगामी महाधिवेशनमा ओली तेस्रोपटक अध्यक्ष बन्ने सम्भावना औपचारिकरूपमा कानुनी मान्यता पाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending