ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन सकिएको छ। तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चलेको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनसहितका दस्तावेजहरू सर्वसम्मत पारित गरेको छ।
विद्याको सदस्यता छलफलमै
महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण थियो। तर प्रतिवेदनमा यसबारे कुनै निर्णय भएन। यससँगै केन्द्रीय कमिटीले गरेको “विद्याको सदस्यता नवीकरण नहुने” निर्णय नै सदर भएको नेताहरू बताउँछन्। यद्यपि प्रतिवेदनमा यस विषयलाई प्रष्ट उल्लेख नगरिनु राजनीतिकरूपमा सन्तुलन खोज्ने प्रयासको संकेत मानिएको छ।
७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हट्यो
महाधिवेशनको निर्णय अनुसार, अध्यक्षमा उमेर हद (७० वर्ष) र दुई कार्यकालको सीमा हटाइएको छ। यससँगै केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा पनि अध्यक्ष बन्ने वैधानिक बाटो खुलेको छ। समूहगत छलफलमा अधिकांश नेताहरूले यो संशोधनलाई समर्थन गरेका थिए।
• सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी : “अहिले ओलीको विकल्प छैन।”
• कर्णाली अध्यक्ष गुलाबजंग शाह : “यो नेतृत्वलाई थप स्थापित गर्ने समय हो।”
• लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेल : “समाजवाद निर्माणका लागि नेतृत्व स्थिर हुनुपर्छ।”
• बागमती अध्यक्ष कैलाश ढुंगेल : “७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई समूहगत समर्थन।”
ओलीलाई निरन्तरता दिने तयारी
मधेस अध्यक्ष चन्द्रेश्वर मण्डलले “देशी–विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेका बेला नेतृत्व स्थापित गर्न ओलीलाई निरन्तरता दिनुपर्छ” भनेका छन्। कोशी अध्यक्ष घनश्याम खतिवडाले समेत उपाध्यक्ष पौडेलले पेश गरेको संशोधनलाई स्वागत गर्दै, संवैधानिक पद धारण गरेका व्यक्तिहरूले सक्रिय राजनीतिमा फर्किन नहुने सुझाव राखेका थिए।
यस महाधिवेशनपछि एमालेमा ओलीको निरन्तरता सुनिश्चित भएको छ। विद्यादेवी भण्डारीको सदस्यता प्रकरण खुल्लै छाडिए पनि, विधान संशोधनमार्फत नेतृत्वलाई स्थिरता दिने बाटो खोलिएको छ। अब आगामी महाधिवेशनमा ओली तेस्रोपटक अध्यक्ष बन्ने सम्भावना औपचारिकरूपमा कानुनी मान्यता पाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: