Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार ढालियो- अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज पोखरामा आयोजित कार्यक्रममा वर्तमान सरकारमाथि कडा टिप्पणी गर्दै आरोप लगाएका छन् ।

उनले वर्तमान सरकार दलाल र बिचौलियाको दबाबमा गठन गरिएको  र त्यही दबाबले सरकार टिकिरहेको बताए ।

पोखरा उद्योग व्यापार संघ द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार ढालियो।” उनका अनुसार भ्रष्टाचार, बिचौलिया प्रवृत्ति र दलाल पुँजीवादविरुद्ध कठोर कदम चाल्ने प्रयास गर्दा सत्ता अस्थिरता निम्तिएको हो।

सरकार बिचौलियाको डरले टिकिरहेको छ
अध्यक्ष प्रचण्डले स्पष्ट रूपमा उल्लेख गरे कि वर्तमान सरकार जनताको पक्षमा भन्दा पनि दलाल र बिचौलियाको हितमा काम गरिरहेको बताए । उनले भने, “सरकार बनाउने निर्णयमा नीति र सिद्धान्त भन्दा बिचौलियाको प्रभाव ठूलो देखिन्छ।” उनले विगतमा भ्रष्टाचारविरुद्ध लिएको अडानका कारण राजनीतिक संकट सिर्जना भएको उल्लेख गरे।

सुधारको पक्षमा उभिनु चुनौतीपूर्ण

कार्यक्रममा उनले शासन प्रणाली सुधार, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह प्रभावकारी बनाउने पक्षमा आफू स्पष्ट रहेको बताए । तर उनले दुःख व्यक्त गर्दै  यस्तो सुधारको बाटोमा ‘ठूला ठगहरू’ बाट प्रतिरोध भइरहेको बताए ।

राजनीतिक सन्देश वा रणनीतिक दबाब?

प्रचण्डको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा आगामी सत्ता समीकरणको सन्देशका रूपमा पनि हेरिएको छ। सरकारभित्रको असन्तुष्टि, गठबन्धनको अस्थिरता, र सत्ताको निर्णय प्रक्रियामा देखिएको बिचौलियावादप्रतिको असन्तोष यसमार्फत झल्किएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending