ललितपुर । ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा मन्त्रीको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी ११ वर्षीया बालिका र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानापक्षबीच शनिबार राति मिलापत्र भएको छ।
मन्त्री रानाले बीएण्डबी अस्पतालमा बालिकालाई भेटेर सम्पूर्ण उपचार खर्च तिर्ने प्रतिबद्धता जनाए साथै २५ हजार रुपैयाँ क्षतिपूर्ति दिएका छन्। परिवारले पनि थप उपचार खर्च आवश्यक परेमा मन्त्री पक्षले व्यहोर्ने सहमति जनाएपछि सम्झौता गरिएको हो।
यसअघि मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी आफैं प्रहरीमा उपस्थित भएका थिए। प्रहरीले उनलाई सोही दिन बेलुकी घर पठाएको छ।
सार्वजनिक आक्रोश
सिसिटिभी फुटेजमा मन्त्रीको गाडी ठक्कर दिएपछि रोकिएन भन्ने देखिएपछि सामाजिक सञ्जालमा मन्त्री रानामाथि चर्को आलोचना भएको थियो। धेरैले “२५ हजारले मानवीय पीडा धुन मिल्छ ?” भन्दै व्यंग्य गरेका छन्।
के दुर्घटनापछि भाग्ने/नरोकिने कामलाई सामान्य मिलापत्रले टार्न मिल्छ? चालकलाई तत्काल सोधपुछ गरेर छानबिन पूरा नगरी घर पठाउनु कानुनी समानताको दृष्टिले न्यायोचित हो त ? क्षतिपूर्ति र उपचार खर्च मात्रै होइन, राज्यसत्ताको जिम्मेवारी र मन्त्रीको आचरणबारे पनि प्रश्न उठ्नुपर्ने होइन र ? यी र यस्ता धेरै प्रश्न उठेका छन् ।
राजनीतिक सन्देश
यो घटना केवल सडक दुर्घटनामात्र होइन, राजनीतिक जिम्मेवारीबारेको परीक्षण पनि हो। सामाजिक सञ्जालमा फैलिएको जनआक्रोशले देखाएको छ । जनता अब मन्त्रीहरूको “मिलापत्र” भन्दा उत्तरदायित्व र पारदर्शिता खोजिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: