मनाङ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज तरिकाले सेवा दिन जिल्ला प्रशासन कार्यालय मनाङले घुम्ती सेवा सञ्चालन गरेको छ । जिल्लाका दुर्गम बस्तीका नागरिकलाई सदरमुकामसम्म आउन कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको पहल अघि सारेको जनाएको छ ।
शनिबार बिदाकै दिनमा भएपनि मनाङ ङिस्याङ गाउँपालिकामा एकदिने घुम्ती सेवा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । प्रजिअ पौड्यालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, शाखागत कर्मचारी तथा प्राविधिक कर्मचारीसहितको टोली खटिएको थियो । पालिकाका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको शिविरमा ६३ स्थानीय नागरिकले सेवा प्राप्त गरेका छन् ।
जिल्ला प्रशासनको टोली आउने सूचना पाएलगत्तै गाउँ कार्यपालिकाले अग्रिम सूचना जारी गर्दै पालिकाभित्रका सबै ९ वडामा बसोबास गर्ने अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई परिचयपत्र बनाउन सहजीकरण गरेको थियो । गाउँपालिकाको सक्रियताले शिविर प्रभावकारी बनेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने उपकरण एक सेट मात्र र प्राविधिक कर्मचारी पनि एक जना मात्र भएकाले नियमित सेवा प्रवाहमा कठिनाइ हुने गरेको प्रजिअ पौड्यालले बताए। उनले भने, ‘‘यही कठिनाइलाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन समेत घुम्ती शिविर सञ्चालन गरिएको हो ।’’ उनले नियमित रुपमा यस्ता शिविर सञ्चालन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग निरन्तर छलफल पनि भइरहेको जानकारी दिए ।
मनाङ ङिस्याङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिक गरी ६३ जनाले सेवा लिएको बताए।
डेढ हप्ताअघि मात्रै पदभार ग्रहण गर्नुभएका प्रजिअ पौड्यालले पदभार ग्रहण कार्यक्रममा नै ‘सम्भव भएसम्म जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने’ प्रतिबद्धता जनाएको थिए । उनले भने, ‘‘मनाङ ङिस्याङ गाउँपालिकामा सञ्चालन गरिएको यो घुम्ती शिविरलाई सो प्रतिबद्धताको प्रारम्भिक कार्यान्वयनका रुपमा लिएको छु ।’’
यसअघि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौंमा शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएका थिए । ती दुई गाउँपालिकाले साउन अन्तिम साता काठमाडौंमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर शिविर चलाएका हुन् ।
हाल नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा कुनै समस्या नभएकाले मनाङ ङिस्याङमा मात्र शिविर सञ्चालन गरिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...



प्रतिकृया लेख्नुहोस्: