Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्ष दामा शर्मा बन्ने पक्का

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्ष पदमा दामाकुमारी शर्मा चयन हुने लगभग पक्का भएको छ।

अध्यक्ष पदका लागि केन्द्रीय सदस्य दामाकुमारी शर्मा र विमला सुवेदीबीच प्रतिस्पर्धा रहे पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शर्मालाई अध्यक्ष बनाउन निर्देशन दिइसकेका कारण सुवेदीको सम्भावना टुंगिएको स्रोतले दाबी गरेको छ।

एक स्रोतका अनुसार, “पार्टी अध्यक्षले नै दामाजीलाई अध्यक्ष बनाउने स्पष्ट निर्देशन दिनुभएको छ। शपथग्रहण २७ गते हुने तय भएको छ।”

शर्मा सहिद परिवारकी सदस्य हुनुका साथै संविधानसभा सदस्य र लुम्बिनी प्रदेश समितिकी सभापति समेत रहेकी छन् । दाङकी स्थायी निवासी उनले २०६४ सालको संविधानसभा निर्वाचनमा दाङ–२ बाट विजयी भएकी थिइन्।

प्रतिस्पर्धी विमला सुवेदी प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिकी पूर्वसभापति हुन्। उनी नुवाकोटकी रहिएकी सुवेदी २०६४ सालमा नुवाकोट–१ बाट संविधानसभा सदस्य निर्वाचित भए पनि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन्।

अखिल (क्रान्तिकारी) को सातौँ राष्ट्रिय महाधिवेशन भदौ १८–२० गते प्रज्ञाभवन, कमलादीमा सम्पन्न भए पनि पदाधिकारी चयन हुन सकेको थिएन। पार्टी अध्यक्ष प्रचण्ड मध्यपहाडी लोकमार्ग अभियानका क्रममा पोखरा गएकाले नेतृत्व चयन स्थगित भएको थियो।

संगठनकी अध्यक्ष अमृता थापाका अनुसार, २७ भदौमा नयाँ पदाधिकारी घोषणा र शपथग्रहण दुवै हुने तय भएको छ।

सातौँ राष्ट्रिय सम्मेलन कार्यविधि २०८२ अनुसार संघको नयाँ कार्यसमिति २१५ सदस्यीय हुनेछ। त्यसमा अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, सचिव ६ र कोषाध्यक्ष १  सहित १७ जना पदाधिकारी रहने व्यवस्था रहेकेा छ   ।

केन्द्रीय समितिमा हालसम्म १७३ सदस्य निर्वाचित भइसकेका छन् भने बाँकी सदस्य मनोनयनमार्फत आउनेछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending