काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशन आज पनि जारी रहनेछ । ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महाधिवेशनको बन्दसत्र बिहान ८ः०० बजेबाट सञ्चालन हुनेछ । उनका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नेछन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन् ।
यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन् ।
समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ०९:३२
काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...
चैत्र ३ गते, २०८२ - ०९:२८
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...
चैत्र ३ गते, २०८२ - ०७:५२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...
चैत्र ३ गते, २०८२ - ०७:४३
काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...
चैत्र ३ गते, २०८२ - ०७:३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...
चैत्र ३ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...
चैत्र ३ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...
चैत्र ३ गते, २०८२ - ०७:२२
म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...
चैत्र ३ गते, २०८२ - ०७:२१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...
चैत्र ३ गते, २०८२ - ०७:१६
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...


प्रतिकृया लेख्नुहोस्: