भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले नेपालकै इतिहासमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सफलता हात पारेको छ।
केन्द्रले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो उपलब्धि नेपालमा मिर्गौला प्रत्यारोपणको सम्भावना र क्षमताबारे नयाँ मानक स्थापित भएको बताए।
उनका अनुसार, यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको हो। प्रत्यारोपणपछि चौधरी पूर्ण स्वस्थ भएका र आजै अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी डा. श्रेष्ठले दिएका छन्।
डा. श्रेष्ठले भने, “सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म चल्छ। तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण वा क्रोनिक नेफ्रोप्याथी जस्ता कारणले असफल हुन सक्छ। दोस्रोपटक प्रत्यारोपण सम्भव भए पनि तेस्रोपटक गर्नु अत्यन्तै दुर्लभ हुन्छ। प्राविधिक जटिलता, दाता पाउने कठिनाइ र जोखिम धेरै हुने भएकाले विश्वमै पनि सीमित संख्यामा मात्र यस्तो हुन्छ।”
उनले बेलायतमा यस प्रकारको जटिल प्रत्यारोपणको अनुभव गरिसकेको हुँदा नेपालमै पनि यो चुनौतीपूर्ण शल्यक्रिया सम्भव भएको बताए।
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने दोस्रोपटक विसं २०७२ मा सहिद धर्मभक्त केन्द्रमै डा. श्रेष्ठकै नेतृत्वमा गरिएको थियो। तेस्रोपटक भने ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गैरनातेदारबीच अङ्ग साटासाट गरेर प्रत्यारोपण गरिएको हो।
नेपालमा दोस्रोपटक प्रत्यारोपणको अभ्यास सन् २०१० मै वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सुरु भएको थियो। तर, एकै व्यक्तिमा तेस्रो मिर्गौला प्रत्यारोपण भने आजसम्मको सबैभन्दा दुर्लभ र महत्त्वपूर्ण उपलब्धि भएको केन्द्रले जनाएको छ।
स्थापना भएको १३ वर्षमै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १,५०२ जनामा मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: