काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्ने अनुमति दिएको छ।
बिहीबार मन्त्रालयको सूचीमा नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निष्क्रिय गरिएको हाम्रो पात्रोलाई शुक्रबार स्मार्ट आइडियाज प्रालिले सूचीकृत गर्न निवेदन दर्ता गरेको थियो। मन्त्रालयले निवेदन स्वीकृत गरेपछि पुनः सक्रिय गराउन प्राधिकरणलाई पत्राचार गरेको हो।
मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई अनिवार्य रूपमा मन्त्रालयमा सूचीकृत गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार पछिल्लो समय मन्त्रालयले सूचीकरण नभएका प्लेटफर्महरूलाई निष्क्रिय गर्न प्राधिकरणलाई निर्देशन दिँदै आएको छ।
सोही अभियानअन्तर्गत बिहीबार हाम्रो पात्रो निष्क्रिय भएपछि प्रयोगकर्ताले सेवा लिन नसक्ने अवस्था आएको थियो। तर शुक्रबार निवेदन स्वीकृत भएसँगै मन्त्रालयले हाम्रो पात्रोलाई पुनः सक्रिय बनाउन निर्देशन दिएको हो।
के भन्छ मन्त्रालय?
सञ्चार मन्त्रालयका अधिकारीहरूले सूचीकरण अनिवार्य प्रक्रिया भएको स्पष्ट गर्दै सूचीकृत कम्पनी वा एपहरूले नेपालको कानुन अनुसार सञ्चालन गर्न पाउने बताएका छन्।
यससँगै अब हाम्रो पात्रोले नेपालभित्र सामाजिक सञ्जालसम्बन्धी गतिविधि कानुनी रूपमा सञ्चालन गर्न सक्ने बाटो खुलेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: