Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

पोखरा  ।  लेकसाइडको हलमा उद्योगी–व्यवसायीको बाक्लो उपस्थितिमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक तीखो बने। विषय थियो “समाजवाद उन्मुख अर्थतन्त्र” तर प्रचण्डको भाषणमा राजनीति, दलाल पुँजीवाद र सरकारप्रति कडा प्रहार मिसिएको थियो।

उनले माइक्रोफोन समातेलगत्तै भने, “कांग्रेस–एमालेको यो सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।”

उनी यतिमै रोकिएनन्। कांग्रेस–एमालेभित्र इमानदार साथीहरू अझै छन् भन्दै प्रचण्डले प्रश्न उठाए– “त्यस्तो सरकारमा बसिरहनुको औचित्य के हो?”

दलाल पुँजीवाद र बिचौलियावादमाथि प्रहार

प्रचण्डको भाषणमा ‘क्रोनी क्यापिटलिज्म’ शब्द धेरै पटक दोहोरियो।
उनको भनाइमा अहिले नेपालमा व्यवसायको दिशा नीतिबाट होइन, दलाल र बिचौलियाको सञ्जालबाट निर्धारण भइरहेको छ।

“सहकारी क्षेत्रमै हेरौं, ठग्नेहरू को हुन्? कांग्रेस र एमालेसँग जोडिएका नेताहरू। हामी प्राधिकरणमार्फत कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो,” उनले कटाक्ष गरे। यति आलोचना मात्र नभई प्रचण्डले उद्योगी–व्यवसायीलाई समेत प्रशंसा गरे।

२०६४ सालमा स्थापना भएको नेपाल उद्योग व्यापार महासंघ छोटो समयमै प्रभावशाली बनेको भन्दै उनले भने, “यो महासंघ जिम्मेवार, सक्षम र योगदान दिनसक्ने समूह हो। तर अझ अध्ययन, अनुसन्धान र लगनशीलता जरुरी छ।”

उनले माओवादी नेतृत्वका १२३ पालिकामा सञ्चालन भइरहेको प्रशिक्षण अभियानलाई उदाहरण दिँदै, “कार्यक्षमता मूल्याङ्कनमा ती पालिका अगाडि छन्। यो हाम्रो विचार, नीतिगत स्पष्टता र व्यावहारिकताकै नतिजा हो,” दाबी गरे।

मध्यम वर्ग, सहकारी सुधार र ऋण मिनाहलाई माओवादीको प्राथमिकता भन्दै प्रचण्डले आफूलाई स्पष्टतापूर्वक “मध्यम वर्गकै प्रतिनिधि” घोषणा गरे।

उनले थपे, “जनताले अब बुझ्न थालेका छन्। नपत्याउने गरी माओवादी केन्द्रतर्फ जनमत बढेको छ। हामी वैकल्पिक शक्ति मात्र होइन, वास्तविक शक्ति हुँदैछौं।”

संविधान निर्माण प्रक्रियामा माओवादीको निर्णायक भूमिका स्मरण गर्दै प्रचण्डले भने, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं। तर अझै संरचनात्मक परिवर्तन आइसकेको छैन—उही नियम, उही परम्परा चलिरहेको छ। त्यसैले परिवर्तनको लडाइँ अझै बाँकी छ।”

राजनीतिक कटाक्ष र भाषणबीच कार्यक्रममा एउटा रमाइलो दृश्य पनि देखियो। दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन भएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप हस्तान्तरण गरे।

हातमा केरा समाउँदै प्रचण्ड हाँस्दै भने, “यस्तै आत्मनिर्भर उत्पादनले देशलाई स्वाधीन अर्थतन्त्रतर्फ लैजान्छ।”

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending