Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

मन्त्रीको विवेकको ब्रेक फेल भएपछि...

खबरडबली संवाददाता

शनिबार बिहानको हरिसिद्धि। सामान्य दिन जस्तै लाग्थ्यो। कोही काममा हिँडिरहेका थिए, कोही पसल खोल्दै थिए, कोही बच्चा विद्यालय जाँदै थिए। तर अचानक एउटा सरकारी नम्बर प्लेटको गाडी सडकको बिचमा गुड्यो, र ११ वर्षीया बालिका ठक्कर खाएर ढलिन्।

बालिकाको चिच्याहटसँगै सडकमा भीड जम्यो। मानिसहरू दौडिएर आए, कसैले बालिकालाई समाते, कसैले पानी छर्के, कसैले तुरुन्त अस्पताल लैजाउँ भनेर चिच्याए। तर आश्चर्य! जसको गाडीले ठक्कर दियो, त्यो गाडीमा मन्त्री साहेब विराजमान थिए—कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना। गाडी रोकिन्थ्यो भन्ने अपेक्षा सबैको थियो, तर मन्त्री सवार गाडी त झन् हतारिँदै अघि बढ्यो।

विवेकको ब्रेक फेल

अब प्रश्न उठ्छ—गाडीको ब्रेक काम गरेन कि मन्त्रीकै विवेकको ब्रेक फेल भयो ? किनकि दुर्घटना त हुन्छ, तर दुर्घटनापछि मानिस कसरी व्यवहार गर्छ, त्यसले उसको मानवता देखाउँछ या देखाउँदैन।

मन्त्रीले गाडी रोकेर बालिकाको अवस्था बुझ्न सकेको भए, उनलाई मानवीय भनिन्थ्यो । अस्पताल पुर्‍याउन साथ दिएको भए, दुर्घटना भन्दा पनि विवेकको विजय हुन्थ्यो । तर त्यस्तो केही भएन । मन्त्रीको विवेक सायद गाडीको सिटमुनि अड्कियो, या त्यो सरकारी सवारीसहित सिंहदरबारको अहंकारले निल्यो ।

सडकमा नागरिक, सत्तामा निष्क्रियता

बालिकाको उद्धार मन्त्रीले गरेनन्, सडकका सामान्य नागरिकले गरे । गाडी रोकिने कुरा भएएन, तर सामान्य मानिसको मन रोकियो । उनीहरूले नानीलाई सम्हाले, अस्पताल पुर्‍याए, उसको जीवन जोगाए।  त्यो क्षणमा सडकका नागरिक नै “साँचो मन्त्री” बने।

तर विडम्बना—हामीसँगका मन्त्रीहरू नागरिकको विवेकबाट पाठ सिक्ने होइन, गाडीको सिटबाट दम्भ बढाउने काम गर्छन्।

प्रधानमन्त्रीको “सामान्य” दृष्टि

घटनापछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “सामान्य रुपमा बच्चीलाई गाडीले छोयो, खर्च पार्टीले बेहोर्छ।”

एमाले अध्यक्ष तथा देशकै प्रधानमन्त्री ओलीलाई साेध्न मन छ– के सडकमा ठक्कर खाएर लडेकी नानी सामान्य हो ? जनताको विश्वास ठक्कर खाँदा सामान्य हो ?  राजनीतिक नेताको विवेक ठक्कर खाँदा सामान्य हो ?

यो सामान्य होइन, असामान्य हो ।  किनकि सामान्य नागरिकले मानवीयता देखाउँछन्, असामान्य नेताले दम्भ देखाउँछन् ।

नेताको नयाँ तरिका : जिम्मेवारीबाट भाग्ने’

यस घटनाले फेरि प्रमाणित गर्‍यो—हाम्रा नेताहरू जिम्मेवारी लिन सक्दैनन्। त्यसको साटो, उनीहरूले जिम्मेवारीबाट भाग्ने कला सिकेका छन्। ठक्कर दिने गाडीमा बस्ने, तर “मलाई थाहा थिएन” भन्ने।

जनताको मत लिएर चुनाव जित्ने, तर जनताको बच्चीलाई सडकमा पछारेर अघि बढ्ने । यदि मन्त्रीलाई घटना थाहा थिएन भने, त्यसलाई अझ ठूलो कमजोरी भन्नुपर्छ।

सार्वजनिक पदमा बस्ने व्यक्तिले “मलाई थाहा थिएन” भन्न मिल्छ ? त्यो भन्दा खतरनाक कुरा त के हुन्छ भने—उनीहरूलाई थाहा नै छैन, विवेक भनेको के हो भनेर ।

ठक्कर सडकमा मात्र होइन

यो ठक्कर बालिकाको शरीरमा मात्र भएन।  यो ठक्कर जनताको विश्वासमा पर्‍यो। यो ठक्कर नेताको नैतिकतामा पर्‍यो। यो ठक्कर हाम्रो राजनीति र मानवीयताको मूल्यमा पर्‍यो।

जनताले हरेक चुनावमा नेताहरूमाथि विश्वास गर्छन्। तर नेताहरूले चुनाव जितेपछि जनताको पीडा होइन, गाडीको सिटलाई मात्रै महत्व दिन्छन्।

अब जनता सोधिरहेका छन्– मन्त्रीज्यू, तपाईंको विवेक गाडीमै अड्कियो कि ? सडकमा ढलेकी नानीलाई देख्दा तपाईंको हृदय किन नजाग्यो ? जिम्मेवारी लिने हो कि कुर्सी मात्र तताउने ?

यो घटना एउटा बालिकाको मात्र पीडा होइन, हाम्रा नेताहरूको असली अनुहार देखाउने दर्पण हो । सडकमा एउटा बालिका उठाउने जिम्मा नागरिकले लिन्छन् भने, नेताहरूलाई किन चाहियो कुर्सी ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending