हरिसिद्धिको उकालो बिहानैदेखि चहलपहलमा थियो। विद्यालयतर्फ दौडिएका बालबालिका, बजारतर्फ हिँडेका बासिन्दा, र गोदावरी महाधिवेशन स्थलतर्फ गुडिरहेका नेताहरूका गाडीहरू सबैको गति फरक थियो, तर सबैको बाटो एउटै। त्यही भीडबीच ११ वर्षीया एक नानी आफ्नो बाटोमा थिईन् । एकाएक आएको गाडीको उनलाई धक्का दिन्छ भन्ने अपेक्षा गरेकी थिइनन्। शक्तिको सवारीले उनलाई ढालिदियो।
त्यो क्षण सडक थर्थराइरहेको थियो। भीडभाडमा मानिसहरू दौडिएर आए, कसैले हातमा उठाए, कसैले चिच्याए। तर ठक्कर दिने गाडी भने रोकिने अपेक्षा विपरीत, ठ्याक्कै उल्टो—आगन्तुक जस्तै हतारिँदै अगाडि बढ्यो। त्यस गाडीमा सवार थिए, जनताले मत दिएको मन्त्री राम राना।
दुर्घटना त दिनहुँजसो सडकमाथि हुन्छन्। तर दुर्घटनापछिको व्यवहारले नै मान्छेको स्तर र विवेक देखाउँछ। सामान्य नागरिक भए सायद गाडी रोकिन्थ्यो, क्षमायाचना गर्थ्यो, अस्पताल पुर्याउँथ्यो। तर यहाँ शक्तिको गाडी थियो, जहाँ मानवीयता भन्दा ठूलो देखियो ‘पद र हैसियत’।
राम राना—इलाम क्षेत्र नम्बर २ बाट जनता कै कारण उठेका नेता। सामान्य जीवनशैलीका कारण कहिल्यै चर्चामा आएका मान्छे। तर त्यही मान्छेले शक्तिको चमकमा आफ्नै विवेक गुमाउँदा उनी अहिले आलोचनाको केन्द्र बनेका छन्। सामाजिक सञ्जालमा कसैले भन्छन् “राम त साधारण र राम्रा मान्छे थिए, तर विवेक गुमाए।” अर्कोतिर प्रश्न गरिन्छ “सडकमा सानो अवरोध देख्दा पनि चालक सचेत हुनुपर्छ, अनि यत्रो ठक्कर हुँदा मन्त्रीलाई थाहा नहुने कुरा सम्भव छ र?”
उता, सडकमा ढलेकै नानीलाई स्थानीयहरूले उठाए । हातमा बोकेर अस्पताल पुर्याए। नानीको उपचार भयो, साँझमा घर फर्किइन्। शारीरिक चोट विस्तारै निको हुन्छ होला, तर समाजले पाएको घाउ ‘नेताले मानवीयता बिर्सिएको घाउ’ निकोलिन्छ कि?
त्यही कारण महाधिवेशन एक घण्टा ढिलो भयो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पताल खर्च पार्टीले बेहोर्ने घोषणा गरे । उनले भने, “कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्, भइदिन्छ।” तर उनका शब्दहरूले पीडितको पीडा भन्दा बढी पार्टीको बचाउ गर्न खोजेजस्तो सुनियो। आखिर प्रश्न उठ्छ—भइदिएको मात्र हो त, कि विवेक गुमाएको परिणाम हो?
शक्ति, पद र सवारीको गति मिल्दा मान्छेले नैतिकता र जिम्मेवारी किन बिर्सन्छ? बाटोमा ढलेकी नानीलाई उठाउन सक्दैन भने देशलाई उठाउने सपना देखाउने हक कसरी पाउँछ?
यो प्रश्न केवल मन्त्री राम रानामात्र होइन, सम्पूर्ण राजनीतिक संस्कृतिलाई हो।
जनताले देखाएका उदाहरण—घाइतेलाई बोकेर अस्पताल पुर्याउने, उपचारमा सघाउने—यिनै हुन् वास्तविक नेतृत्वका गुण। सवाल यहीँ छ: नेता जनताबाट सिक्ने कि जनता नेताबाट?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: