Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन गर्ने क्रममा युथ कांग्रेस नेपालका पाँच सदस्य पक्राउ परेका छन् ।

संघीय संसद भवनअगाडि शनिबार दिउँसो करिब ४ बजे भएको प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा संगठनका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य अशिष शर्मा रहेका छन् ।

युथ कांग्रेस नेपालले सदस्यको गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल र शर्तविहीन रिहाइको माग गरेको छ । संगठनले जारी गरेको विज्ञप्तिमा प्रदर्शन पूर्णतः शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक अधिकारको रक्षार्थ गरिएको उल्लेख छ ।

प्रदर्शनकारीहरूले मास्कमा कालो टेप लगाएर ‘स्टाटस लेख्न नपाउने भए मन्त्रीको भाषण पनि म्युट गर’, ‘प्रतिबन्ध होइन, ऐनमार्फत नियमन गर’, ‘भाषणमा डिजिटाइजेसनको नारा, सोसल मिडिया बन्द गरेर के हो पारा’ जस्ता नारा लेखिएका पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस

काठमाडौँ । भदौ २३ र २४ गते संसद् भवन, नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा सुरक्षा संयन्त्रको भूमिक...

भन्सार छलेर ल्याइएका मोटरसाइकल र कपडा बरामद

सप्तरी  । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा २ स्थित र...

सिरहा हत्या प्रकरणः ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा । गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहे...

सुधन गुरुङको बयान: हामी नेपालको डिस्कर्डमा विध्वंश गर्ने छलफल भएको छैन

काठमाडौं । सुधन गुरुङले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे हामी नेपाल नामक गैरसरकारी संस्थाको डिस्कर्डबाट विध्वंश मच्चाउने छलफल नभएको बयान दिएका छन् ...

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: