Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाढीको चपेटाले ओझेलमा पर्‍यो ‘पञ्चकन्या झरना’

खबरडबली संवाददाता

धुलिखेल। पछिल्लो समय ‘पञ्चकन्या झरना’ सुनसानजस्तै छ। पहिला झरनाको वरीपरी आनन्द लिनेहरूको घुइँचो लाग्ने गर्थ्यो तर अहिले उक्त स्थानमा मानिसहरू बिरलै पुग्ने गरेका छन्।

एक वर्ष अगाडि गएको बाढीपहिरोको कारण त्यहाँसम्म जाने सडक र आसपासको क्षेत्रमा पुगेको क्षतिका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको पर्यटकीय झरना ओझेलमा पर्दै गएको हो।

पनौती–रोशी बजार–सिरुखोला–पचारेदोभान र खारखोला भएर झरना जाने बाटो बाढीले बगाएपछि पर्यटकलाई त्यहाँसम्म जानका लागि समस्या भएको छ। अहिले मानिसको आवागमन कम हुँदै गएको पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट सञ्चालन गर्दै आएका सञ्चालक दीपेन्द्र लामिछानेले बताए।

ुएकातिर बाढीले पोखरी र बाटोमा क्षति पुर्‍यायो, अर्कोतिर काठमाडौंबाट आउने पर्यटकका लागि सूर्यविनायक–साँगा–धुलिखेलको सडक विस्तारका कारण बाटो असहज भएपछि मानिसहरूको आगमन कम भइरहेको छ,ु उनले भने, ुझरनाको आकर्षण बढाउन, पोखरी र बाटोको संरचना निर्माणका लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्थापन भइसकेकाले अब छिट्टै बन्ने अवस्थामा छ।ु पर्यकीय स्थलको संरचनामा क्षति पुगेपछि व्यवसायमा समेत असर परेको उनले बताए।

खारखोलाका स्थानीयवासी मैयाँ हमालले झरनाको पोखरी र त्यहाँ जाने बाटो नै बाढीले बगाएपछि आफ्नो पसल अगाडि सडक मर्मत गर्दा बनेको खोलाको पोखरीसम्म आएर पौडी खेलेर फर्कने गरेको बताइन्। बाढीले धेरै क्षति पुर्‍याएको यस ठाउँमा स्थानीय सरकारले समयमा नै संरचना पुनर्निर्माण नगर्दा व्यवसायमा मन्दी आउनुका साथै स्थानीय कृषि उत्पादन वस्तु बिक्री गर्न नपाएको स्थानीयको गुनासो छ।

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले बाढीले क्षति पुर्‍याएको झरनाको पोखरी बनाउनको लागि यस आर्थिक वर्षमा रु पाँच लाख बजेट व्यवस्थापन भइसकेको बताए। ुअब झरनाको पोखरी र त्यहाँसम्म जाने बाटो व्यवस्थित बनाउनको लागि नगर र वडाले योजना बनाइसकेको छ,ु उनले भनिन्।

हरियाली वनजङ्गलको फेदमा लेकबाट आएको चिसो र कञ्चन पानीको झरनामा रुझ्दै पौडी खेल्ने र आराम गरी मनोरञ्जन लिने पोखरी र त्यहाँसम्म जाने बाटोको संरचना नै बगाएपछि त्यहाँको आकर्षण गुमेको छ। विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको सो ठाउँमा शनिबार र बिदाका दिन घुम्न जानेहरूको गन्तव्य स्थल हो

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending