काठमाडौं । दाङको तुलसीपुरमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका १९ वर्षीय नवीन राना, तुलसीपुर–६ का १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षीय राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो ।
तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार भदौ १९ गते तुलसीपुर–६ स्थित महेन्द्र मावि पछाडिको चौरमा भएको खसी कप फुटबल प्रतियोगितामा श्री सेन्टर माविका विद्यार्थीबीच विवाद भएको थियो । खेलको क्रममा विनोद विक र बसन्त परियारबीच झगडा भएपछि तनाव चुलिएको थियो ।
खेल सकिएपछि राति करिब साढे १० बजे बसन्त परियारको समूहले स्याउलीबजार नजिकै अर्को समूहका व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोप छ । घटनामा आयुष विक, विनोद विक र प्रवेश योगी घाइते भएका छन् । घाइतेमध्ये आयुष विक र विपिनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि रक्षाचौरस्थित जंगलमा लुकेका अवस्थामा पक्राउ परेका युवकसँगै प्रहरीले १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: