काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रोक लगाएका २६ सामाजिक सञ्जालमध्ये आठ वटा सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारसँग सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई ती सामाजिक सञ्जाल बन्द गर्न पत्राचार गरेको थियो। तर, त्यसपछि क्रमशः केही कम्पनीहरूले नेपालमा कानूनी प्रक्रिया पूरा गर्न अग्रसरता देखाएका हुन्।
नेपालमा लोकप्रिय हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेर बन्द हुनबाट जोगिएको थियो। त्यसलगत्तै मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स)ले अनौपचारिक सम्पर्क गर्दै सूचीकरणका लागि आवश्यक कागजातबारे बुझिसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार शुक्रबार ट्विटर (एक्स) आधिकारिक रूपमा सरकारसँग सम्पर्कमा आएको छ भने चिनियाँ वीच्याटले समेत सूचीकरण प्रक्रियाबारे जानकारी मागेको छ।
अहिलेसम्म हाम्रो पात्रो, फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप,थ्रेड्स, ट्वीटर (एक्स) र वीच्याट जस्ता ८ सामाजिक सञ्जाल सम्पर्कमा आएका बताइएकाे छ ।
तर, बाँकी युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मि वी, भीके, लाइन, इमो, जालो र सोल भने अहिलेसम्म सरकारले गरेको सूचीकरण प्रक्रियामा सामेल भएका छैनन्।
यीमध्ये युट्युब र लिंक्डइन नेपालमा सर्वाधिक प्रयोग हुने भए पनि अझै सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ। स्न्यापच्याट, क्लबहाउस र इमो भने मध्यम प्रयोग हुने सञ्जाल हुन्, बाँकी सञ्जाल भने नेपालमा सीमित प्रयोगमा रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: