Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

ओलीको ‘स्याल हुईँया’ : एमाले सरकार हाई–हाई हुँदा भिजिट भिसाको हल्ला

खबरडबली संवाददाता

ललितपुरनेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार लोकप्रिय भएकाे भन्दै  “स्याल हुईँया” गरेका छन् । 

उनले सरकार जनप्रिय बन्दै गएकाे र विरोधीहरूले भिजिट भिसाको हल्ला फैलाएको आरोप लगाएका छन्।

ललितपुरमा शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीको लोकप्रियता र सरकारको कामकाज बढ्दै जाँदा केही शक्ति असहज बनेको जिकिर गरे।

‘हाम्रो सरकार हाई–हाई भइरहेको थियो, जनता सन्तुष्ट हुँदै थिए, देश अगाडि बढिरहेको थियो,’ ओलीले भने, ‘यही बेला कसैलाई मन नपरेर भिजिट भिसामा मान्छे लाने भनेर हल्ला फैलाइयो।’

उनका अनुसार यस्तो हल्ला पूर्ण रूपमा निराधार र कपोलकल्पित मात्र नभई पार्टीलाई कमजोर पार्ने षड्यन्त्र थियो। ‘यस्ता प्रचारबाजीमा पर्नु हुँदैन,’ उनले कार्यकर्तासमक्ष आग्रह गर्दै थपे, ‘हामी कसैको सार्वभौमिकता र राष्ट्रिय हितमा आँच आउने काम गर्दैनौँ, न त त्यस्तो हुन दिन्छौँ।’

ओलीले आफ्नो सरकारले विदेश नीति स्वतन्त्र र सन्तुलित ढंगले अघि बढाइरहेको दाबी गर्दै कुनै दबाबमा नपर्ने स्पष्ट सन्देश पनि दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending