ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन आजदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै स्थलमा चहलपहल बढेको छ।
सभाहल परिसरमा स्वयंसेवकले प्रतिनिधि, पर्यवेक्षक र सर्वसाधारणलाई प्रवेश व्यवस्थापन गरिरहेका छन्। सवारीसाधनका लागि सडक छेउमै पार्किङ सुविधा मिलाइएको छ भने सञ्चारकर्मीका लागि छुट्टै मिडिया सेन्टर स्थापना गरिएको छ।
हलभित्र प्रदेशअनुसार सिट व्यवस्थापन, डिजिटल बोर्ड, सुरक्षा तथा प्राविधिक परीक्षण धमाधम भइरहेको छ। उपमहासचिव विष्णु रिमाल र पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले व्यवस्थापनको नेतृत्व गरिरहेका छन्।
मञ्चमा पार्टी र राष्ट्रिय झण्डा, ऐतिहासिक नेताहरूका तस्बिर तथा सगरमाथा–सूर्य प्रतीकसहितको सजावट गरिएको छ। बाहिर पनि प्रत्यक्ष प्रसारणका लागि डिजिटल बोर्ड राखिएको छ।
महाधिवेशनमा २,०२६ प्रतिनिधि र ३१५ आयोजकसहित २,३४१ जना सहभागी हुनेछन्। सुरक्षा निकाय र स्वयंसेवकसहित जम्मा ३,५०० जनालाई खानाको व्यवस्था गरिएको एमालेले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: