Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अदालतको आदेशपछि टेलिकमले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल टेलिकमले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न लागेको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यसहित २०८० को निर्देशिकाअनुसार नेपालमा सूचीकरण नभएका प्लेटफर्मलाई निष्क्रिय पार्ने कार्य अघि बढाइएको हो।

नेपाल टेलिकमले शुक्रबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल तत्कालका लागि बन्द गरिएको जानकारी गराइन्छ।”

सूचनामा थप उल्लेख छ कि यी प्लेटफर्महरू पुनः सञ्चालनका लागि प्राधिकरणबाट आउने अर्को निर्देशन अनुसार व्यहोरा सार्वजनिक गरिनेछ।

यसअघि नेपाल सरकार र दूरसञ्चार प्राधिकरणले पटक–पटक सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा अनिवार्य दर्ता गर्न आग्रह गरे पनि ठूला कम्पनीहरूले अटेरी गर्दै आएका थिए। सरकारको निर्णयअनुसार अहिले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका २६ सामाजिक सञ्जाल निष्क्रिय पारिने उल्लेख छ।

May be an image of text that says "अत्यन्त जरुरी सूचना नेपाल दूरसज्चार प्राधिकरणको मिति ./0/99, च.नं. ४९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र सग्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णर तथा सामाजिक सज्जालको प्रयोगलाई व्यवस्थिित गर्ने निदेंशिका, 2οτο बमोजिम नेपालमा सूचीकरण नमई सज्चालनमा रहेका सामाजिक सज्जाल प्लेटफर्महरू निफक्रिय गराउन यस कम्पनीलाई लेखी आएकोले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ| उत्त प्लेटफर्महरू पुनः सज्चालन सम्बन्धमा आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन बमोजिम गरिने व्यहोरासमेत जानकारी गराउन चाहन्दी। राष्ट्रको লपাर www.ntc.net.np f /NepalTelecom.NT ® /nepaltelecomofficial नेंपाब टबिक्म X /ndcl_nt /@nepal_telecom /@nepal_"

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending