Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

माधव नेपाल माओवादीतिर: अस्तित्वको खोज वा राजनीतिक अवसरवाद ?

मनोज भट्टराई

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा दुईवटा महत्वपूर्ण घोषणा गर्दै स्पष्ट संकेत दिएका छन् । पदाधिकारी बैठकमा उनले भने– “विप्लवसँग एकता गर्छौं, त्यसपछि माधव नेपालजीसँग पनि एकता हुन्छ।”

यो संकेतले नेपाली राजनीति फेरि नयाँ मोडतिर गएको अनुभूति हुन्छ । राजनीतिक वृत्तमा ठूलो चासो पैदा गरेको छ। तर प्रश्न यही हो के माधव नेपाल साँच्चै माओवादीमा जाने बाटोमा छन् त ?  

अस्तित्वको प्रश्न

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी आज संगठनात्मक रूपमा कमजोर छ । चुनावी आधार हराउँदै गएको छ । जनस्तरमा प्रभाव पनि न्यून रहेकाे छ । यस अवस्थामा ठूलो दलसँग विलय हुनु प्राकृतिक विकल्पजस्तो देखिन्छ । यसलाई अस्तित्व जोगाउने अन्तिम हतियारका रूपमा पनि बुझ्न सकिन्छ। 

२०७८ मा नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी अहिले संगठनात्मक र राजनीतिक दुवै स्तरमा कमजोर छ । पार्टीसँग न ठूलो संगठनात्मक संरचना छ, न चुनावी आधार । पछिल्ला उपनिर्वाचन र जनस्तरमा देखिएको समर्थन पनि न्यून देखिन्छ।

राजनीतिमा दीर्घकालीन अस्तित्व खोज्ने हो भने ठूलो दलसँग सहकार्य वा विलय बाहेक विकल्प छैन भन्ने बुझाइ प्रबल हुँदै गएको छ।

अवसरवादको छायाँ

यो कदमलाई ‘राजनीतिक अवसरवाद’ भन्न पनि सकिन्छ । प्रचण्डसँग नजिकिँदा सत्ता–सहभागिता सुरक्षित हुन्छ, पद–प्रतिष्ठा कायम रहन्छ । तर पार्टीको मौलिकता कहाँ रहन्छ ?  व्यक्तिगत हैसियत जोगाउने नाममा पार्टीको अस्तित्व नै विलय गरिनु कति जायज ?

माओवादी केन्द्रसँग समाजवादीको समीकरण यसकारण सहज देखिन्छ कि प्रचण्ड र माधव नेपालबीच लामो समयदेखि कार्यगत सहकार्यको सम्बन्ध छ । सत्ता साझेदारका रूपमा पनि दुबै नेताले नजिकको समन्वय गरिरहेका थिए । प्रचण्डले खुलेरै भनेका छन्  “विप्लवसँग एकता गर्छौं, त्यसपछि माधव नेपालजीसँग पनि एकता हुन्छ।”

आन्तरिक असहमति

कुरा त्यत्तिमै सरल छैन। समाजवादीभित्रै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरू माओवादीसँग एकताप्रति अनिच्छुक छन्। उनीहरूको बुझाइमा माओवादीसँग गाभिँदा पार्टीको पहिचान हराउने र विचारधारात्मक असमानता झन् प्रष्टिनेछ।

यसैले पार्टीभित्र दुई खेमाबीच टकराव हुने सम्भावना प्रबल छ। उनीहरू भन्छन्, “माओवादीसँग गाभिँदा हाम्रो विचार, हाम्रो पहिचान हराउनेछ।” यस तर्कलाई हल्का पारेर हेर्न सकिँदैन।

माधव नेपाल माओवादीतिर जान सक्छन्, तर त्यो निर्णय विचारधारात्मक सहमतिको भन्दा बढी राजनीतिक समीकरण र व्यक्तिगत सुरक्षामा आधारित हुनेछ।

यसलाई क्रान्तिकारी वा ऐतिहासिक कदम भन्दा पनि एक प्रकारको अस्तित्व र अवसरको व्यापार भन्नु उपयुक्त हुन्छ। माओवादी क्रान्तिकारी इतिहास बोकेको दल हो भने समाजवादी मध्यमार्गी धारको पार्टी हो । दुबैबीच विचारधारागत दूरी अझै छ।

त्यस्तै, व्यक्तिगत हैसियतको प्रश्न पनि महत्वपूर्ण छ । माधव नेपाल प्रचण्डभन्दा दोस्रो स्थानमा बस्न तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न खुलै छ।

तत्कालै औपचारिक एकतामके सम्भावना कम छ रहेको  राजनीतिक विश्लेषकहरू बताउँछन् । सबैभन्दा बढी सम्भावना भनेको आगामी निर्वाचनलाई लक्षित गर्दै पहिले चुनावी तालमेल, पछि मात्र पार्टी एकतामा पुग्ने हो । यदि सत्ता समीकरणले दबाब बढायो भने माधव नेपाल नेतृत्वको समाजवादी माओवादीभित्र विलय हुन सक्ने अनुमान लगाइन्छ।

अन्ततः, समाजवादीले अब लामो समय अलग्गै टिक्न सक्ने सम्भावना न्यून छ । त्यसैले प्रचण्डतिर उन्मुख हुनु उनीहरूको राजनीतिक आवश्यकता हो । तर यो निर्णयले भविष्यमा उनीहरूको ऐतिहासिक पहिचानलाई कमजोर बनाउने सम्भावना भने बलियो छ।

यसरी हेर्दा, प्रचण्डले दिएको संकेत एक प्रकारको राजनीतिक दबाब र सम्भावनाको संकेत हो । तर त्यो तत्कालै व्यवहारमा परिणत हुन्छ भन्ने छैन । एउटा कुरा भने निश्चित छ– अस्तित्व जोगाउन समाजवादीले ठूलो राजनीतिक निर्णय लिनैपर्छ, त्यसको प्रमुख विकल्प माओवादीसँग नजिकिने हो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending