Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

प्रतिबन्धको निर्णयसँगै नेपाली उपभोक्ता धमाधम भाइबर डाउनलोड गर्दै

खबरडबली संवाददाता

काठमाडौं। नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाली उपभोक्ताले विकल्प खोज्न थालेका छन्। खासगरी सन्देश आदान–प्रदानका लागि प्रयोग हुने भाइबर एप हाल धमाधम डाउनलोड हुन थालेको छ।

कुनै समय नेपाली प्रयोगकर्ताबीच निकै लोकप्रिय रहेको भाइबर पछिल्लो वर्षहरूमा ह्वाट्सएपको सहज इन्टरफेस र विशेषताका कारण पछि परेको थियो। यद्यपि सरकारले फेसबुक, ह्वाट्सएप, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताले फेरि भाइबर रोज्न थालेका छन्।

व्यावसायिक स्तरमा केही संस्थाले आफ्ना ग्राहकलाई लक्षित सन्देश पठाउन ‘भाइबर बिजनेस मेसेज’ प्रयोग गर्दै आएका छन्। तर व्यक्तिगत प्रयोग भने सीमित मात्रामा हुने गरेको थियो।

नेपाल सरकारले पहिलो पटक २०८१ चैत ७ गते सार्वजनिक सूचना जारी गर्दै सबै सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरण गर्न आह्वान गरेको थियो। म्याद गुज्रिए पनि मेटा, गुगल, युट्युबलगायत कम्पनीले सूचीकरण नगरेपछि सरकारले रोक लगाउने निर्णय गरेको हो।

हालसम्म भाइबर, टिकटक र वीटोक मात्रै सूचीकरण भई नेपालमा सञ्चालनमा रहेका छन्। यता, मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप), गुगल, माइक्रोसफ्ट लगायतका कम्पनी भने कर प्रयोजनका लागि मात्र दर्ता भई आएका छन्।

सर्वोच्च अदालतले पनि हालै सरकारले सबै प्रकारका डिजिटल सञ्चार माध्यम र सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन परमादेश जारी गरिसकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending