काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएको छन् ।
रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा आयोजित राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण र जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रुपान्तरण गर्नुपर्ने बताए।
उनले आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आ–आफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने बताए।
राष्ट्रपति पौडेलले लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको बताउँदै व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताए।
उनले भने, ‘‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र र पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रुपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’’
राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्र्दै उनी निर्भीक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताए।
राजेश्वर नेपालीले निरंकुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरी एउटा कवि र कलमजीवीका रुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शको लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँ कतै नचुकेको राष्ट्रपति पौडेलको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: