काठमाडौं। भौतिक पूर्वाधार तथा यातामन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएको छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उहाँले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताउनुभयो ।
उनले भने“सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नका लागि तीन पटकसम्म सम्झौता भएको देखिन्छ, वर्तमान सरकारले सम्झौता गरेको होइन । जडान नगर्ने हो भने रु तीन अर्ब पैसा सित्तैमा निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ ।”
उनले पहिला नै सम्झौता गरिएको र कुनै चीज उत्पादन नगरिकन पैसा तिर्नुपर्ने भएकाले वर्तमान सरकारले इम्बोस्ड नम्बर राख्नुपर्ने आवश्यकता परेको बताए। उनले भाषा अंग्रेजीमा हुँदा कुनै पनि फरक नपर्नेसमेत स्पष्ट पारे
मन्त्रालयले यस प्रक्रियालाई अघि बढाएको जानकारी दिँदै उनले व्यक्ति, निजी वा सरकारी सवारी साधनका लागि अहिलेसम्म ६ लाख ३५ हजार पाँच सय ४५ छपाइ भइसकेको र ८७ हजार ९८९ इम्बोस्ड नम्बर जडान भइसकेको जानकारी दिए। “नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै सरकारका तर्फबाट प्रवाह हुने सेवाहरु राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, जग्गादर्ता लगायतका क्षेत्रमा गरेको अवस्था छ,–उनले भने, “सो अनुरुप यातायात क्षेत्रलाई पनि डिजिटल क्षेत्रमा लैजानुपर्ने जरुरी छ, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि देशभरका सवारी साधनको एकीन विवरण हुनेछ ।”
उनले सवारी इजाजतका बारेमा एकिन विवरण हुने, सवारीसाधन चोरी, राजस्व छलिका विषयमा रोक्न पनि सहज हुने र सवारी साधानमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशिकासमेत जारी भएको जानकारी गराए।
मन्त्री दाहालले सवारी साधनको पहिचानका लागि सङ्केत नम्बर प्रविधिको कारण अंग्रेजी भाषामा राख्नुपर्ने हुँदा अन्तरदेशीयरुपमा आवतजावतमा सहयोग पुग्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १४:२३
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...
चैत्र १८ गते, २०८२ - १३:४८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...
चैत्र १८ गते, २०८२ - १३:३७
काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...
चैत्र १८ गते, २०८२ - १३:१२
काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...
चैत्र १८ गते, २०८२ - १२:४३
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...
चैत्र १८ गते, २०८२ - १२:१९
पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...
चैत्र १८ गते, २०८२ - १२:०५
सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...
चैत्र १८ गते, २०८२ - ११:५९
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...
चैत्र १८ गते, २०८२ - ११:५५
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...
चैत्र १८ गते, २०८२ - ११:४४
धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...


प्रतिकृया लेख्नुहोस्: