काठमाडौँ । राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन अनुरोध गरेको हो । प्रहरी कार्यालयले ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गरेसँगै यस्तो अनुरोध गरेको हो ।
ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भन्दै यस्तो अभियानको थालनी गरेको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यसका अलावा सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मान्यतासमेत प्रभावित हुने एवं सामाजिक सम्बन्धमा प्रतिकूल असर पर्ने हुँदा घर, परिवार र छिमेकीको हितका लागि यस्तो अनुरोध गरेको सूचनामा उल्लेख छ ।
राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने, राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिटी नलगाउन प्रहरी कार्यालयको अनुरोध छ । त्यसैगरी, अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, भान्साका भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न प्रहरीको अनुरोध छ ।
फोन कल गर्दा आवाज कम गर्न, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन सूचनामा उल्लेख गरेको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी दिएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १४:२३
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...
चैत्र १८ गते, २०८२ - १३:४८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...
चैत्र १८ गते, २०८२ - १३:३७
काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...
चैत्र १८ गते, २०८२ - १३:१२
काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...
चैत्र १८ गते, २०८२ - १२:४३
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...
चैत्र १८ गते, २०८२ - १२:१९
पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...
चैत्र १८ गते, २०८२ - १२:०५
सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...
चैत्र १८ गते, २०८२ - ११:५९
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...
चैत्र १८ गते, २०८२ - ११:५५
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...
चैत्र १८ गते, २०८२ - ११:४४
धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...


प्रतिकृया लेख्नुहोस्: