Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

खबरडबली संवाददाता

काठमाडौँ । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ ।

नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिए । हाल यस सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र ६ हजार ५८७  जुनियर तथा युवा सर्कल सहितको साङ्गठनिक संरचना छन् ।

 ‘म सेवा गर्छु ’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएका उनले बताए ।

निमित्त कार्यकारी निर्देशक विडारीले गतवर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई  नेपाल रेडक्रसले राहत सामग्री वितरण गरेको बताए ।

साथै, ५ हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ ।

आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ ।

मधेसमा भएको खडेरी सङ्कट र पर्सा जिल्लामा देखापरेको हैजा सङ्क्रमणमा अन्य स्रोतबाट सहयोग परिचालन गरी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि जस्तै स्वच्छ खानेपानी वितरण, हात धुने अभ्याससहित साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिसँगै सयौंँजना स्वयंसेवक परिचालनलगायतका गतिविधि स्थानीय सरकार एवम् सरोकारवालासँंगको समन्वयमा भइरहेका नेपाल रेडक्रसले जनाएको छ । 

मानवीय मूल्य प्रवद्र्धन, रेडक्रसका आधारभूत सिद्धान्त, दृश्यात्मक पहिचान, सुरक्षित पहुँच, शान्ति प्रवद्र्धन र अन्तरराष्ट्रिय मानवीय कानुनसम्बन्धी प्रचारप्रसार सबै प्रदेशमा भइरहेका छन् ।

नेपाल रेडक्रसको हटलाइन ११३० मा सेवा र गतिविधिसँग सम्बन्धित १,९३७ कलहरूको  सम्बोधन गरिएको छ भने विभिन्न समसामयिक विषय तथा सोसाइटीका सेवा र गतिविधिसँग सम्बन्धित १०४ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण भएको छ ।

सामुदायिक विकास अन्तर्गत ओखलढुङ्गा, सङ्खुवासभा र सिन्धुली जिल्लाका विभिन्न विद्यालय र समुदायमा गरी आठ खानेपानी आयोजना निर्माण सम्पन्न र म्याग्दी जिल्लाका रघुगङ्गा गाउँपालिकाका अति विपन्न समुदायका ९०१ घरधुरीलाई जीविकोपार्जन प्रवद्र्धन तालिम तथा नगद सहायता वितरण गरिएका छन् भने यी गतिविधिबाट दुई हजारभन्दा बढी लाभन्वित भएका नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक विडारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा केन्द्रीय, प्रादेशिक, जिल्लास्तरीय र आकस्मिक रक्तसञ्चार गरी नेपालको ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइ क्रियाशील छन् । सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवाबाट २ लाख ९४ हजार ८४८ युनिट रगत सङ्कलन गर्न र ४ लाख २ हजार ५१०  युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराउन सफल भएको छ । थाई रेडक्रसको सहयोगमा प्रदर्शनीमार्गमा केन्द्रीय रक्तसञ्चार सेवाको नयाँ आधुनिक भवन निर्माण सम्पन्न भई हाल सोही स्थानबाट अझ प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको उल्लेख छ ।

यसैगरी एम्बुलेन्स सेवाअन्तर्गत, ६५ शाखा, उपशाखा र सर्कलमार्फत १९६ स्थानबाट सञ्चालनमा रहेका दुई सय ४२ एम्बुलेन्सद्वारा विगत एक वर्षमा करिब ८६ हजार चार सय बिरामी तथा घाइतेलाई सेवा प्रदान गरिएको छ ।

यसवर्ष संस्थाद्वारा सञ्चालित प्राथमिक उपचारका गतिविधिमार्फत तीन हजार १२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका श्री जानकी आँखा अस्पताल र सुर्खेत आँखा अस्पताल एवम् विभिन्न सामुदायिक आँखा उपचार केन्द्रबाट दुई लाख ९५ हजार पाँच सय २० जनाले सेवा लिएका नेपाल रेडक्रसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल रेडक्रस सोसाइटीका सेवामूलक तथा विकासमूलक मानवीय सेवाका गतिविधि सफलतापूर्वक सञ्चालन गर्ने स्वयंसेवक तथा कर्मचारी र यस उपलब्धिमा सहयोग गर्नुहुने सङ्घीय, प्रादेशिक र स्थानीय सरकार, विभिन्न साझेदार राष्ट्रिय सोसाइटी, संयुक्त राष्ट्रसङघीय निकाय तथा अन्य सहयोगी निकायहरू र सञ्चारकर्मीमा सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा हार्दिक आभार ज्ञापन गर्दछौँ । साथै, नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले नेपाल लागि भ्रमणमा सतर्कताको तह घटायो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...

अपरेशन गरेर पित्तथैलीको पत्थरी निकाल्ने ओलीको चाहनापछि छलफल गर्दे चिकित्सक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...

संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी

काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...

एमालेको संसदीय दल नेतामा नेम्वाङको दाबी

काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...

च्यासलमा एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...

सात वर्षदेखिको सास्ती घटाउन दाउन्नेमा अनुगमन

पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...

अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार, लेखन कार्य सुरु

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...

नेपालगन्ज नाकाबाट ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...

धनकुटामा लागुऔषध सेवन र कारोबार बढ्दै

धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending