Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

खबरडबली संवाददाता

काठमाडौँ । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ ।

नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिए । हाल यस सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र ६ हजार ५८७  जुनियर तथा युवा सर्कल सहितको साङ्गठनिक संरचना छन् ।

 ‘म सेवा गर्छु ’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएका उनले बताए ।

निमित्त कार्यकारी निर्देशक विडारीले गतवर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई  नेपाल रेडक्रसले राहत सामग्री वितरण गरेको बताए ।

साथै, ५ हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ ।

आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ ।

मधेसमा भएको खडेरी सङ्कट र पर्सा जिल्लामा देखापरेको हैजा सङ्क्रमणमा अन्य स्रोतबाट सहयोग परिचालन गरी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि जस्तै स्वच्छ खानेपानी वितरण, हात धुने अभ्याससहित साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिसँगै सयौंँजना स्वयंसेवक परिचालनलगायतका गतिविधि स्थानीय सरकार एवम् सरोकारवालासँंगको समन्वयमा भइरहेका नेपाल रेडक्रसले जनाएको छ । 

मानवीय मूल्य प्रवद्र्धन, रेडक्रसका आधारभूत सिद्धान्त, दृश्यात्मक पहिचान, सुरक्षित पहुँच, शान्ति प्रवद्र्धन र अन्तरराष्ट्रिय मानवीय कानुनसम्बन्धी प्रचारप्रसार सबै प्रदेशमा भइरहेका छन् ।

नेपाल रेडक्रसको हटलाइन ११३० मा सेवा र गतिविधिसँग सम्बन्धित १,९३७ कलहरूको  सम्बोधन गरिएको छ भने विभिन्न समसामयिक विषय तथा सोसाइटीका सेवा र गतिविधिसँग सम्बन्धित १०४ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण भएको छ ।

सामुदायिक विकास अन्तर्गत ओखलढुङ्गा, सङ्खुवासभा र सिन्धुली जिल्लाका विभिन्न विद्यालय र समुदायमा गरी आठ खानेपानी आयोजना निर्माण सम्पन्न र म्याग्दी जिल्लाका रघुगङ्गा गाउँपालिकाका अति विपन्न समुदायका ९०१ घरधुरीलाई जीविकोपार्जन प्रवद्र्धन तालिम तथा नगद सहायता वितरण गरिएका छन् भने यी गतिविधिबाट दुई हजारभन्दा बढी लाभन्वित भएका नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक विडारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा केन्द्रीय, प्रादेशिक, जिल्लास्तरीय र आकस्मिक रक्तसञ्चार गरी नेपालको ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइ क्रियाशील छन् । सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवाबाट २ लाख ९४ हजार ८४८ युनिट रगत सङ्कलन गर्न र ४ लाख २ हजार ५१०  युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराउन सफल भएको छ । थाई रेडक्रसको सहयोगमा प्रदर्शनीमार्गमा केन्द्रीय रक्तसञ्चार सेवाको नयाँ आधुनिक भवन निर्माण सम्पन्न भई हाल सोही स्थानबाट अझ प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको उल्लेख छ ।

यसैगरी एम्बुलेन्स सेवाअन्तर्गत, ६५ शाखा, उपशाखा र सर्कलमार्फत १९६ स्थानबाट सञ्चालनमा रहेका दुई सय ४२ एम्बुलेन्सद्वारा विगत एक वर्षमा करिब ८६ हजार चार सय बिरामी तथा घाइतेलाई सेवा प्रदान गरिएको छ ।

यसवर्ष संस्थाद्वारा सञ्चालित प्राथमिक उपचारका गतिविधिमार्फत तीन हजार १२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका श्री जानकी आँखा अस्पताल र सुर्खेत आँखा अस्पताल एवम् विभिन्न सामुदायिक आँखा उपचार केन्द्रबाट दुई लाख ९५ हजार पाँच सय २० जनाले सेवा लिएका नेपाल रेडक्रसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल रेडक्रस सोसाइटीका सेवामूलक तथा विकासमूलक मानवीय सेवाका गतिविधि सफलतापूर्वक सञ्चालन गर्ने स्वयंसेवक तथा कर्मचारी र यस उपलब्धिमा सहयोग गर्नुहुने सङ्घीय, प्रादेशिक र स्थानीय सरकार, विभिन्न साझेदार राष्ट्रिय सोसाइटी, संयुक्त राष्ट्रसङघीय निकाय तथा अन्य सहयोगी निकायहरू र सञ्चारकर्मीमा सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा हार्दिक आभार ज्ञापन गर्दछौँ । साथै, नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनअघि मेयर पदबाट बालेनले दिनुपर्छ राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...

समानुपातिकतर्फको बन्द सूची पेस गर्ने तयारी पूरा, आजदेखि दलले आयोगमा सूची बुझाउने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...

मोरङमा गाँजासहित दुई भारतीय पक्राउ, नियन्त्रणका लागि हवाई फायर

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending