Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

डा. गोविन्द केसीले २३औँ सत्याग्रह गेटा मेडिकल कलेजमा

फइल तस्विर
खबरडबली संवाददाता

धनगढी — चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले २३औँ सत्याग्रह सुरु गरेका छन् । उनले शनिबारदेखि कैलालीको धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान (गेटा मेडिकल कलेज) परिसरबाट सत्याग्रह थालेका हुन्।

डा. केसीले सरकारले चिकित्सा शिक्षामा एमबीबीएस को सिट संख्या बढाउने निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका हुन्। यसैसँगै उनले ४ बुँदे माग अघि सारेका छन्।

डा. केसीका प्रमुख माग

१. प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिनु, शुल्क वृद्धि नगर्नु, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नु र गेटा मेडिकल विश्वविद्यालयलाई तुरुन्त पूर्ण क्षमतामा सञ्चालन गर्नु।

२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान र विश्वविद्यालय/प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गरी, मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउन र सरकारी अस्पतालसहित सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न।

३. लिपुलेखमा अतिक्रमण बन्द गरी अतिक्रमित भूमि फिर्ता ल्याउन भारत सरकारसँग पहल गर्न र नेपाल सरकारलाई त्यसको सुनिश्चितता गर्न।

४. युक्रेन र गाजामा भइरहेको युद्ध र आक्रमण तुरुन्त बन्द गर्न रुस र इजरायलसँग माग गर्न।

डा. केसीले विगतमा पनि चिकित्सा शिक्षा सुधार र सुशासनका माग गर्दै पटक–पटक सत्याग्रह गरेका छन्। यसपटक पनि उनको आन्दोलनले स्वास्थ्य क्षेत्र र राजनीतिक वृत्तमा चासो बढाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending