सुनसरी । सुनसरीको वराहक्षेत्र–८ स्थित कोशी माध्यमिक विद्यालयमा शिक्षक पुनर्वहालीको माग गर्दै विद्यार्थीहरूको आन्दोलन सातौं दिनमा प्रवेश गरेको छ। शिक्षालय शान्ति क्षेत्र घोषित भए पनि अहिले विद्यालय परिसरमै हतियारधारी प्रहरी प्रवेश गरेको छ भने सशस्त्र प्रहरी बाहिर तैनाथ छन्।
साना बालबालिका चर्को घाममा नाराबाजी गरिरहेका छन् भने अभिभावकलाई गेटभित्र छिर्न समेत दिइएको छैन।
आन्दोलनका क्रममा विद्यालय प्रशासन मौन छ, विद्यालयका प्रधानाध्यापक सम्पर्कविहीन छन् भने नगर प्रमुख र शिक्षा समिति समेत ‘कानमा तेल’ हालेर बसेको विद्यार्थी र अभिभावकको गुनासो छ।
के हाे विवादको जरा ?
शिक्षक बालकृष्ण बोहोराले सामाजिक सञ्जालमा "मेयरका दुई/तीन श्रीमती छन्" भन्ने स्टाटस लेखेपछि विद्यालयका प्रधानाध्यापकले सरुवाको सिफारिस गरेका थिए। सोही आधारमा सरुवा भएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।
बालबालिका ऐन, २०७५ ले विद्यालयमा शैक्षिक वातावरणमा कुनै पनि किसिमको त्रास सिर्जना गर्न नपाइने स्पष्ट गरेको छ। त्यस्तै, फौजदारी संहिता १२४ र १२५ अनुसार सार्वजनिक स्थानमा हतियारसहित अनावश्यक उपस्थिति अपराध मानिन्छ।
विद्यालय जस्तो संवेदनशील क्षेत्रमा विद्यार्थीको आन्दोलन व्यवस्थापन संवाद र समाधानबाट गर्नुपर्नेमा सुरक्षा निकायको हतियारसहितको उपस्थिति बाल अधिकारको उल्लंघन र शैक्षिक वातावरणको विघटनको संकेत हो। स्थानीय तह र शिक्षा समितिको चुप्पीले परिस्थिति झनै जटिल बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: