काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान कार्यान्वयनको अवस्थाप्रति गहिरो असन्तुष्टि जनाएका छन्। संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि मौलिक हक र संघीयताका आधारमा निर्माण गर्नुपर्ने धेरै कानुन अझै नबनेकामा उनले चिन्ता व्यक्त गरेका हुन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले संविधान घोषणा हुँदा देशभर दुईथरी प्रतिक्रिया देखिएको स्मरण गरे — कतिपयले दीपावली गरे, कतिपयले कालो दिवस मनाए। तर, दशक बितिसक्दा पनि नागरिकका मौलिक हक कार्यान्वयन नहुनु गम्भीर विषय भएको उनको तर्क छ।
"संविधानको धारा ४७ मा तीन वर्षभित्र मौलिक हक कार्यान्वयन गर्न ऐन बनाउने भनिएको थियो, तर १० वर्ष नाघ्दैछ, अझै २७ भन्दा बढी संघीय ऐन बन्न बाँकी छन्," — यादव
यादवका अनुसार संविधानको धारा ४० (दलितको हक), धारा ४२ (सामाजिक न्याय), धारा ५६ (राज्य संरचना र विशेष क्षेत्र) जस्ता धारालाई कार्यान्वयन गर्ने कुनै पनि कानुनी संरचना अझै निर्माण भइसकेको छैन।
उनको प्रश्न थियो — "दलित, पिछडिएको वर्ग र अल्पसंख्यकका अधिकार सुनिश्चित गरिएको भए पनि कार्यान्वयन कसरी गर्ने भन्ने प्रष्ट छैन। यी अधिकार जनताले कसरी भोग्ने?"
संविधानको अनुसूची ७ र ९ मा संघ, प्रदेश, र स्थानीय तहको अधिकार बाँडफाँट स्पष्ट भए पनि, अधिकार कार्यान्वयनमा आवश्यक कानुनी संरचना नबनेको यादवको भनाइ छ।
"प्रदेशले बनाउनु पर्ने कानुन संघले बनाइरहेको छ, जुन संघीयता र संविधानकै उल्लंघन हो," अध्यक्ष यादवले भने ।
संविधान जारी हुँदा नै संशोधनको आवश्यकता र प्रतिबद्धता व्यक्त गरिएको भए पनि त्यो दिशा तिर कुनै ठोस प्रगति नभएको यादवले बताए।उनले प्रश्न गरे —"संविधान संशोधन भाषण र आश्वासनको विषय मात्र हो कि साँच्चै संशोधन गर्ने तयारी पनि छ?"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: