Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

यादवको प्रश्न : संविधान संशोधन भाषणमै सीमित हुने कि कार्यान्वयन पनि हुन्छ?

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान कार्यान्वयनको अवस्थाप्रति गहिरो असन्तुष्टि जनाएका छन्। संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि मौलिक हक र संघीयताका आधारमा निर्माण गर्नुपर्ने धेरै कानुन अझै नबनेकामा उनले चिन्ता व्यक्त गरेका हुन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले संविधान घोषणा हुँदा देशभर दुईथरी प्रतिक्रिया देखिएको स्मरण गरे — कतिपयले दीपावली गरे, कतिपयले कालो दिवस मनाए। तर, दशक बितिसक्दा पनि नागरिकका मौलिक हक कार्यान्वयन नहुनु गम्भीर विषय भएको उनको तर्क छ।

"संविधानको धारा ४७ मा तीन वर्षभित्र मौलिक हक कार्यान्वयन गर्न ऐन बनाउने भनिएको थियो, तर १० वर्ष नाघ्दैछ, अझै २७ भन्दा बढी संघीय ऐन बन्न बाँकी छन्," — यादव

यादवका अनुसार संविधानको धारा ४० (दलितको हक), धारा ४२ (सामाजिक न्याय), धारा ५६ (राज्य संरचना र विशेष क्षेत्र) जस्ता धारालाई कार्यान्वयन गर्ने कुनै पनि कानुनी संरचना अझै निर्माण भइसकेको छैन।

उनको प्रश्न थियो — "दलित, पिछडिएको वर्ग र अल्पसंख्यकका अधिकार सुनिश्चित गरिएको भए पनि कार्यान्वयन कसरी गर्ने भन्ने प्रष्ट छैन। यी अधिकार जनताले कसरी भोग्ने?"

संविधानको अनुसूची ७ र ९ मा संघ, प्रदेश, र स्थानीय तहको अधिकार बाँडफाँट स्पष्ट भए पनि, अधिकार कार्यान्वयनमा आवश्यक कानुनी संरचना नबनेको यादवको भनाइ छ।

"प्रदेशले बनाउनु पर्ने कानुन संघले बनाइरहेको छ, जुन संघीयता र संविधानकै उल्लंघन हो," अध्यक्ष यादवले भने ।

संविधान जारी हुँदा नै संशोधनको आवश्यकता र प्रतिबद्धता व्यक्त गरिएको भए पनि त्यो दिशा तिर कुनै ठोस प्रगति नभएको यादवले बताए।उनले प्रश्न गरे —"संविधान संशोधन भाषण र आश्वासनको विषय मात्र हो कि साँच्चै संशोधन गर्ने तयारी पनि छ?"

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending