काठमाडौं । शुक्रवार बिहान करिब ११:४५ बजे प्रहरी कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिको फोन आयो। फोनको आवाजले बतायो – “काठमाडौंका तीन स्थानमा बम राखिएको छ, जुनसुकै बेला विस्फोट हुन सक्छ।”
ती स्थान थिए: जनमैत्री क्याम्पस कुलेश्वर, कुलेश्वर माध्यमिक विद्यालय र एड मार्क कलेज। साथमा, फोन गर्नेले आफुहरू ‘एसपी लिब्रेसन पार्टी’का कार्यकर्ता भएको र “सरकारको भ्रष्टाचार विरुद्ध विद्रोह सुरु गरेको” भन्दै धम्की दिएको थियो।
फोनको केही मिनेटमै मोबाइल अफ गरियो । यता प्रहरीले गम्भीरता देखाउँदै तत्काल बम डिस्पोजल टोली, तालिमप्राप्त कुकुरसहित टोली खटायो। तीनै स्थानमा खोजी गर्दा कुनै शंकास्पद वस्तु फेला परेन। प्रहरीले यो झूटो हल्ला भनेर निष्कर्ष निकाले।
तर यति धेरै संस्थालाई लक्षित गरि फैलाइएको अफवाह सामान्य थिएन। प्रहरीको अनुसन्धान सुरु भयो— प्राविधिक विश्लेषणबाट फोन कीर्तिपुर क्षेत्रबाट आएको पत्ता लाग्यो।
त्यसैदिन दिउँसो २:१० बजे फेरि प्रहरी कन्ट्रोल रुममा फोन आयो। यसपटक फोन गर्नेले भने, “मेरो फोन कसैले मागेर प्रयोग गर्यो, मैले यस्तो भनेको होइन।”
तर प्रहरीले फोनमा गरिएको कुराकानी र आवाज मिलान गर्दा पहिलाको र अहिलेको आवाज उही व्यक्तिको भएको पुष्टि गर्यो। त्यसपछि प्रहरीले कुलेश्वर क्षेत्रबाट ३७ वर्षीय जयरुद्र झालाई नियन्त्रणमा लियो।
एमपिइ परीक्षा दिइरहेका थिए झा
अनुसन्धानका क्रममा खुल्यो कि झा जनमैत्री क्याम्पसमा एमपिइ (Master in Public Administration) को परीक्षा दिइरहेका थिए। उनी विगतमा लोकसेवा परीक्षा पटकपटक फेल भइसकेका थिए। घरमा आफू एमपिइ पास भइसकेको झुट बोलेका थिए।
पुलिस सोधपुछमा उनले शुरुमा फोन आफूले नगरेको दाबी गरे। पछि भने हातले मुख छोपेर आवाज परिवर्तन गरेर आफूले नै बमको हल्ला फैलाएको स्वीकार गरे।
फेरि फेल हुने डरले ‘बम आतंक’
प्रहरीको सोधपुछमा झाले बताए, “परीक्षाको तयारी राम्रो थिएन। फेरि फेल हुने डर भयो। त्यसैले परीक्षा स्थगित गराउने उपाय खोजें।” उनले सोची-सम्झी बमको हल्ला फैलाएको, ‘एसपी लिब्रेसन पार्टी’जस्तो बनावटी नाम प्रयोग गरेर आतंक सिर्जना गर्न खोजेको खुल्यो।
फोन गर्दा पछि ब्याकग्राउन्डमा “मेरो फोन दिनुहोस्” भन्ने नाटक रेकर्ड गरे ताकि मोबाइल आफूमाथि प्रयोग भएको देखियोस्।
यस्तो कार्यले नकारात्मक प्रभाव पारेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झा विरुद्ध मुद्दा दर्ता गर्न अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मामा पठाइने तयारी भइरहेको छ।
सामान्य तनाव वा असफलताको डरले यस्तो गम्भीर अपराधमा संलग्न हुनु सामाजिक र कानुनी दृष्टिकोणले गम्भीर चुनौती हो।
एमपिइ विद्यार्थीको ‘परीक्षा रोक्न बम हल्ला’ योजना प्रहरीको सक्रियताले मात्र पर्दाफास भयो नत्र तीन शिक्षण संस्थामा अनावश्यक त्रास फैलिन्थ्यो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: