काठमाडौं । दुई दशकदेखि भ्रष्टाचार मुद्दा खेप्दै आएका पूर्वसचिव चक्रबन्धु अर्यालविरुद्धको सर्वोच्च अदालतको फैसला उल्ट्याउन माग गर्दै पुनरावलोकन निवेदन दर्ता भएको छ। अर्यालको निधन भइसकेपछि उनका नजिकका आफन्तले यो कदम चालेका हुन्।
गत असारमा साकार अर्यालले दिवंगत चक्रबन्धु अर्यालको मुद्दा पुनरावलोकन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए। अब उक्त निवेदनमाथि बिहीबार (साउन २९) सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासले प्रारम्भिक अध्ययन गर्दै पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछ।
निधन अघि नै दोषी ठहर, पूर्णपाठ आउनुअघि मृत्यु
८५ वर्षको उमेरमा गत पुसमा निधन भएका चक्रबन्धु अर्याललाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। तर, फैसलाको पूर्णपाठ सार्वजनिक हुनु अघिनै उनको निधन भएको थियो।
यसै कारण मुद्दाको पुनरावलोकन आवश्यक रहेको भन्दै माग उठाइएको हो।
मृत व्यक्तिको पक्षमा पनि कानुनी उपचार खोज्न पाइन्छ ?
फौजदारी कानुन अनुसार, मृत्युपछि दोष प्रमाणित भई तोकिएको कैद र जरिवाना लागु हुँदैन, तर विगो भने सम्बन्धित व्यक्तिको सम्पत्तिबाट असुलउपर गरिन सक्छ।
त्यसैले चक्रबन्धु अर्यालविरुद्धको फैसला यदि पुनरावलोकनमा उल्टिने हो भने त्यसको प्रत्यक्ष असर सम्पत्ति र विगो असुलीमा पर्नेछ।
पूर्वसचिव चक्रबन्धु अर्यालको निधनपछि पनि विवादित भ्रष्टाचार मुद्दामा कानुनी लडाइँ जारी रहेको देखिन्छ। अब सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खोल्ने हो वा होइन भन्ने टुंगो बिहीबार लाग्नेछ।
यस घटनाले मृत्युपछि पनि न्यायिक उपचार खोज्न सकिने कानुनी अधिकारबारे थप बहस सिर्जना गर्ने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: