Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

माओवादीको जागरण अभियान भदौ २२ गते लमजुङबाट सुरु हुने

प्रचण्डसहितको टोली मध्यपहाडी लोकमार्गमा फेरि झर्ने, उपमहासचिव जनार्दन शर्मा नसमेटिने संकेत

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले फेरि एकपटक मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान सुरु गर्ने भएको छ। स्थायी कमिटीको पछिल्लो बैठकले उक्त अभियान भदौ २२ गते लमजुङबाट सुरु गर्ने निर्णय गरेको हो।

पार्टीका महासचिव देव गुरुङका अनुसार अभियानको प्रारम्भिक कार्यतालिका तय भइसकेको छ।

कार्यतालिका यस्तो छ:

भदौ २१ गते – अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितको टोली लमजुङमा बास बस्ने

भदौ २२ गते – लमजुङ खण्डमा कार्यक्रम, साँझ गोरखा बास

भदौ २३ गते – गोरखा खण्डको कार्यक्रम, साँझ धादिङ बास

भदौ २४ गते – धादिङमा कार्यक्रम, साँझ नुवाकोट बास

भदौ २५ गते – नुवाकोटमा दिनभर कार्यक्रम, साँझ काठमाडौं फिर्ता

बाँकी जिल्लाको कार्यतालिका पछि तय गरिने जनाइएको छ।

सार्वजनिक र आन्तरिक दुवै कार्यक्रम हुने

महासचिव गुरुङका अनुसार हरेक जिल्लामा एक सार्वजनिक संवाद कार्यक्रम र एक संगठनात्मक तथा प्रशिक्षणमूलक आन्तरिक कार्यक्रम गरिनेछ।
पार्टीले सार्वजनिक कार्यक्रममा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ।

यो अभियानमा यसपटक प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, र महासचिवसम्मका नेताहरू मात्र सहभागी हुने निर्णय गरिएको छ।

यसअघि माओवादीले जागरण अभियानहरूमा उपमहासचिव तहसम्मका नेताहरूलाई समेट्दै आएको थियो। तर, अहिले उपमहासचिव जनार्दन शर्मा र अध्यक्ष प्रचण्डबीच बढेको अन्तरविरोध र वाकयुद्धको सन्दर्भमा शर्मा अभियानमा सहभागी नहुने राजनीतिक संकेत देखिएको छ।

र्वर्षाका कारण रोकिएको अभियान पुनः सुचारु

माओवादी केन्द्रले तराई–मधेस जागरण अभियानपछि मध्यपहाडी क्षेत्र केन्द्रित यो अभियान सुरु गरेको थियो। तर, भारी वर्षाका कारण केही समयका लागि अभियान स्थगन गरिएको थियो। अब पुनः अभियान थालनी गर्दै पार्टीले स्थानीय तहमा जनआकर्षण बढेको निष्कर्ष निकालेको छ।

पार्टीभित्रको रणनीतिक सन्देश, सांगठनिक पुनरजागरण र नेतृत्व तहमा देखिएको अन्तरविरोधबीच सुरु हुन लागेको यो अभियान माओवादी केन्द्रको राजनीतिक सन्तुलन जाँच्ने महत्वपूर्ण प्रयोग बन्न सक्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending